चितवनमा पनि त्रिवि इन्जिनियरिङको आंगिक क्याम्पस

चितवनमा पनि त्रिवि इन्जिनियरिङको आंगिक क्याम्पस

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ पढाउने आंगिक क्याम्पस चितवनमा पनि थपेको छ। यसअघि चारवटा रहेको आंगिक क्याम्पस चितवनमा थपिएसँगै अब पाँचवटा पुगेको हो ।  

यसअघि त्रिवि अन्तर्गत पूल्चोक, थापाथली, पोखरा, धरानमा इन्जिनियरिङ कलेज सञ्चालनमा थियो । चितवनमा खुलेको यो क्याम्पसमा इन्जिनियरिङका सात विधाको पढाइ गर्ने त्रिविले बताएको छ । 

यो वर्ष भने कम्प्युटर इन्जिनियरिङको मात्र पढाइ सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाले नयाँ कलेज खुलेसंगै इन्जिनियरिङको पढाइको लागि विद्यार्थीलाई ठूलो राहत हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.