प्यान लिन धुलिखेलमा भीड
काभ्रे : आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या बढेको छ। पारिश्रमिक पाउने सबै व्यक्तिलाई करको दायरामा ल्याउन र कारोबार एवं व्यावसायिक संस्थाले गर्ने कर्मचारी खर्चलाई पारदर्शी बनाउन सरकारले प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको संख्या बढेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।
आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखा गरी चार जिल्लाका सेवाग्राहीले सेवा लिँदै आएका छन्।
'व्यवसाय संचालन, वस्तु ओसारपसार गर्दा बील र ढुवानी पेश गर्नुपर्ने व्यवस्थाले गर्दा संख्या बढेको हो।' पराजुलीले भने,'अन्त शूल्कको नवीकरण र भ्याटको अन्त शुल्कको प्रमाणपत्र नवीकरण साउन महिना भित्रै गर्नुपर्ने भएकाले पनि सेवाग्राहीको घुँईचो बढेको छ।'
जेठ १५ गतेदेखि साउन २२ गतेसम्म पाँच हजार १ सय ८४ जनाले व्यक्तिगत प्यान प्रमाणपत्र वितरण भएको छ। त्यस्तै व्यवसायिक प्यान लिएको संख्या एक हजार २२ र भ्याट प्रमाणपत्र लिनेको संख्या ७७ रहेको प्रमुख कर अधिकृत पराजुलीले जानकारी दिए।