धादिङको दरिगांल खोलामा डुबेर बेपत्ता दुई युवाको शव भेटियो
![धादिङको दरिगांल खोलामा डुबेर बेपत्ता दुई युवाको शव भेटियो](https://annapurnapost.prixacdn.net/media/albums/dojar-3_20190810071826_W3w0pcVMMr.jpg)
धादिङ : धादिङको दरिगांल खोलामा डुबेर बेपत्ता भएका दुई युवा बेपत्ता भएका छन्। शनिबार बिहान गजुरी गाउँपालिका–६ स्थित दरिगांल खोलामा नुहाउन गएका २२ वर्षीय सुमन स्याङ्तान र २१ वर्षीय भीम घलाङ डुबेर बेपत्ता भएका थिए।
उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका थिए। शनिबार बिहान १० बजेतिर डुबेका युवाको शव स्थानीयले दिउँसो २ बजेपछि निकालेका हुन्।
खोलामा डुबेर दुई युवक बेपत्ता भएपछि आक्रोशित स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगजनी गरेका थिए।
स्थानीयले अरु स्काभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको थियो। खोलामा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको स्थानीयको आरोप छ।
प्रहरीले भने यो विषयमा अनुसन्धान भइरहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)