बस दुर्घटनाका मृतकका शव आफन्तले बुझे

बस दुर्घटनाका मृतकका शव आफन्तले बुझे

धादिङ : त्रिशूली नदीमा बस खस्दा मृत्यु भएकामध्ये सात जनाको शव आफन्तले बुझेका छन्। पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ–३ सलाङघाटमा शुक्रबार बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो। घटनास्थलमा तीन र नदीका विभिन्न ठाउँमा ६ जनाको शव भेटिएको धादिङ प्रहरीका सूचना अधिकारी भोलामानसिंह अधिकारीले बताए।

सर्लाही मलंगवाका जगरनाथ यादव, सुनीलकुमार श्रीवास्तव, उनकी श्रीमती नीमा श्रीवास्तव, हरिवनका विनोदप्रसाद उप्रेती र भारत घर भएका अजय ठाकुरको शव आफन्तले बुझेका हुन्। महोत्तरी बर्दिबास–६ का सरिताकुमारी महतो र बालक आशिषकुमार साहको शव चितवनस्थित अस्पतालबाट आफन्तले बुझेर लगेका छन्। उनीहरू तनहुँको देवघाटनजिक मृत भेटिएका थिए। 

सर्लाहीकै विनोद कुर्मीको र सनाखत हुन नसकेको एउटा शव धादिङको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको सूचना अधिकारी अधिकारीले बताए।

सर्लाहीको मलंगवाबाट चालकसहित ४५ यात्रु बोकेर आएको ना.६ख ७६६९ नम्बरको बस सलाङघाटमा दुर्घटनामा परेको थियो। २० भन्दा बढी बेपत्ता छन्। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। १६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो। ‘राजमार्ग क्षेत्रका सबै प्रहरी युनिटलाई आफ्नो क्षेत्रभित्रका नदी किनारमा खोजतलास गर्न निर्देशन दिएका छौं’, उनले भने, ‘कुरिन्टारस्थित सशस्त्र प्रहरी तालिम केन्द्रबाट जलउत्पन्न प्रकोपमा तालिमप्राप्त प्रहरीलाई पनि नदीमा परिचालन गरेका छौं।’

घाइते १६ मध्ये सात जना काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार गरी डिस्चार्ज भएका छन्। नौ जनाको उपचार जारी रहेको उनले बताए। डिस्चार्ज हुनेमा सर्लाही गम्हरियाका दिनेश ठाकुर, हरिपुरका अमृत लामा, भोगेन्द्र चौधरी, औरहीका राहुल महतो, जमुनियाका भूपेन्द्रकुमार यादव, कबिलासीका विजय राय यादव र भारत विहार सीतामढीका धीरेन्द्र यादव छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.