पहिरोको डरले रातभर जागा

पहिरोको डरले रातभर जागा

बाजुरा : बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँ पहिरोको जोखिममा परेको छ। गाउँ माथिबाट पहिरो बग्न थालेपछि अन्द्राडीका ४२ परिवार रातभर जागा बस्नुपरेको स्थानीय धनबहादुर बोहराले बताए।

राति सुतेका बेला गाउँमाथिबाट पहिरो बग्न थालेपछि अन्द्राडीका स्थानीय रातभर जागा बस्नुपरेको हो। मानवीय क्षति नभए पनि स्थानीयले लगाएको अन्नबाली, गाईवस्तु बाँध्ने गोठ सबै बाढीले बगाएको छ। ‘पहाडै पहाडको बीचमा फोन सेवा छैन। पहिरो गएको तीन दिनपछि थाहा पाइयो’, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले भनिन्। पहिरो गएको थाहा पाएपछि उपाध्यक्ष सीता थापाको नेतृत्वको टोली अन्द्राडी पुगेको उनले जानकारी दिइन्।

भिरालो ठाउँमा बस्ती भएकाले स्थानीयलाई सुरक्षित स्थानमा बसाउन नसकिएको उनले बताइन्। गाउँ कार्यपालिकाको शुक्रबारको बैठकले पहिरोेको उच्च जोखिममा रहेका बस्ती सार्न संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरेको छ। गाउँको बीचमा पहिरो आएपछि गाउँ दुई भागमा विभाजन भएको छ। खानेपानी, बाटोघाटो बन्द छन्। विद्यार्थी र वृद्धवृद्धालाई समस्या भएको स्थानीय हिक्मत रोकायाले बताए।

साउन १७ गते गौमुल गाउँपालिका–६ टुनीको शान्ति टोलमा पहिरोमा परी ३० वर्षकी निरुता चदारा र ६ वर्षकी उनकी छोरी किस्मिताको मृत्यु भएको थियो भने ९१ वर्षका जंगे चदारा गम्भीर घाइते भएका थिए। शान्ति गाउँमा ५० बढी परिवार बसोवास गर्छन्। बसोवास गर्ने सबै परिवार दलित हुन्। उनीहरू सबैको साझा समस्या भनेको पहिरो बनेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले पनि खासै योजना बनाएको छैन। जिल्लाको ७० प्रतिशतभन्दा बढी जमिन पहिरोको उच्च जोखिममा छ।

भिरालो जमिनका बस्ती कुन दिन पहिरोले पुरिने हुन् थाहा छैन। तर, नेपाल सरकारबाट कुनै योजना नदेखिँदा वर्षैपिच्छे उनीहरू जोखिम मोलेर बस्न बाध्य छन्। राज्यले दिनुपर्ने राहतबाहेक विकल्प नभएको विपद् व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए।

‘राहतका लागि सिफारिसबाहेक विकल्प छैन’, प्रमुख जिल्ला अधिकारी न्यौपानेको भने। बाजुराका ९५ वटा गाउँ बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रकोप राहत समितिले जनाएको छ। समितिले गाउँको सूची प्रकाशन गरेर गृह मन्त्रालयमा पठाएको बताएको छ। ९५ गाउँमध्ये, सबैभन्दा बढी गाउँ त्रिवेणी नगरपालिकामा छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.