‘१३‍‍ औँ साग समयमै हुन्छ’

‘१३‍‍ औँ साग समयमै हुन्छ’

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमै हुने दाबी गरेका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले सो दाबी गरेका हुन्।

‘१३औं साग पूर्व निर्धारित समयमै हुन्छ। भारतले पनि सहभागिता सुनिश्चितताको पत्र पठाइसकेको छ’, सदस्यसचिव सिलवालले भने ‘अब कुनै कारणले साग रोकिने अवस्था छैन।’

सदस्यसचिव सिलवालले चीन सरकारले निर्माण गरिरहेका पूर्वाधार निर्माणको निरीक्षणका लागि अगस्ट १५ मा चिनियाँ टोली आएपछि सागको माहोल अझ बढ्ने दाबी गरे। ‘सातदोबाटो र त्रिपुरेश्वरमा निर्माणाधीन पूर्वाधार निरीक्षण गर्न चिनियाँ टोली आउँदैछ’, सिलवालले भने ‘सातदोबाटोको सुटिङ रेन्ज र पौडी पोखरी हस्तान्तरण भएपछि १३औं सागको माहोल अझै बढ्ने छ।’

सिलवाललाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले सफल कार्यकालको शुभकामना दिँदै सम्मान गरेका थिए। सिलवाल एकेडेमीका संस्थापक अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.