आईसीटी विजेतालाई १५ लाख ऋण र १० लाख बिमा

आईसीटी विजेतालाई १५ लाख ऋण र १० लाख बिमा

काठमाडौं : सूचना प्रविधि क्षेत्रको अवार्डका ‘आईसीटी अवार्ड’ को चौथो संस्करण साउन ३२ मा सोल्टी क्राउन प्लाजामा आयोजना हुँदैछ। यस वर्षको आईसीटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपूर्ण बिनाधितो ऋण दिने जानकारी गराएको छ।

बैंक आईसीटी अवार्ड २०१९ को बैकिङ पार्टनरको रूपमा छ। स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसीटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो। अवार्डको इन्स्योरेन्स पार्टनरको रूपमा रहेको एसियन लाइफ इन्स्योरेन्सले सम्पूर्ण अवार्ड विजेतालाई १० लाखसम्मको इन्स्योरेन्स गरिदिने जानकारी दिएको छ। यस वर्ष १० वटा विधामा आईसीटी अवार्ड प्रदान गरिनेछ।

आईसीटी अवार्ड २०१९ सफल बनाउन २ दर्जनभन्दा बढी संस्थाले सहयोग तथा सहकार्य गरेका छन्। सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम यस अवार्डका मुख्य सहयोगी संस्था हुन्। यसैगरी बैकिङ पार्टनरको रूपमा राष्ट्रिय वाणिज्य बैंक, पेमेन्ट पार्टनरको रूपमा कनेक्ट आईपीएस, एजुकेसन पार्टनरको रूपमा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी छन्।

इन्स्योरेन्स पार्टनरका रूपमा एसियन लाइफ इन्स्योरेन्स, इन्टरनेट पार्टनरमा भायनेट कम्युनिकेसन, नेटवर्क पार्टनरमा डिजीकम र साइबर सेक्यूरिटी पार्टनर इमिनेन्स वेज छन्। जेष्ठ १ गतेदेखि सुरु भएको आईसीटी अवार्डको तयारी भएकोमा साउन ३२ गते ग्रान्ड फिनालेको रूपमा समापन हुनेछ। विभिन्न ९ विधामा २ सयभन्दा बढीको नोमिनेसन प्राप्त भएको अवार्डको छनोट प्रकृयामा ११ जना जुरी र ८ जना जुरी सल्लाहकारको सहभागिता छ।

आईसीटी अवार्डमा टेक्सास कलेज, एफ वान सफ्ट, एसीसीए ग्लोबल, इन्फो डेभलपर्स, साइबरनेटिक्स, समृद्धि कलेज, वल्र्डलिंक, नेटगियर, सगरमाथा इन्जिनियरिङ कलेज, क्याम्ब्रिज इन्स्टिच्यूट अफ टेक्नोलोजी र भिजिट नेपाल २०२० छन्। यसैगरी लर्निङ पार्टनरको रूपमा स्मार्टर एप, जीपीएस पार्टनर प्रमिस टू सेक्युर, प्रिन्ट पार्टनर बिटी प्रिन्टिङ, डिजिटल पार्टनर टेक्नोरियो छन्। आईसीटी अवार्ड २०१९ को ३ विधामा उत्कृष्ट ५ को पब्लिक भोटिङ साउन १८ सम्म सञ्चालन भएको थियो। अन्य ६ विधामा जुरी समूहले फिल्ड भिजिटसहित छनोट प्रकृया जारी छ।

पब्लिक च्वाइस आईसीटी अवार्डका लागि एसएमएस भोटिङ जारी छ। यस वर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, पायोनियर आईसीटी अवार्ड, डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, आन्टरप्रेनर्स आईसीटी अवार्ड र डायस्पोरा आईसीटी अवार्ड छन्।

यसवर्ष डिजिटल एजुकेसन आईसीटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड गरी दुई विधा थप गरिएको हो। साउन ३२ गते शनिबार आयोजना हुने फिनाले हिमालय एचडी, हाम्रो पात्रो, फेसबुक तथा युट्यूबबाट प्रत्यक्ष प्रसारण हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.