मोडलिङमा मनोज

मोडलिङमा मनोज

काठमाडौं : १२ कक्षा अध्ययरत मनोज गुरुङ (२०) को मोडल बन्ने उत्कट चाहना थियो। जेठको अन्तिम दिन ‘मिस्टर मोडल अफ द वल्र्ड नेपाल’ प्रतियोगितामा उत्कृष्ट भएपछि उनको सपना पूरा भएको छ।पाँच फिट ११ इन्च अग्ला गुरुङ १२ को परीक्षा दिएर बसेको समयमा साथीले उक्त प्रतियोगिताबारे उनलाई जानकारी गराएका थिए। सबैले राम्रो हाइट र ह्यान्डसम छ भन्दै फुर्काउन थालेपछि उनको रुचि मोडलिङमा झन् बढ्यो।

मोडलिङ र डिजाइनिङमा रुचि राख्ने गुरुङ होटल म्यानेजमेन्टमा ट्राभल एन्ड टुरिजम पढिरहेका छन्। ओखलढुंगाका उनी हाल आमा र बहिनीको साथमा बौद्धमा बस्छन्। घरमा नभनी चुपचाप उनी सुटुक्क अडिसन दिन गए। त्यहाँ सामान्य प्रक्रिया पूरा गरेर दुई हप्तासम्म वर्कसपमा होमिए। भन्छन्, ‘त्यो तालिमले मलाई व्यावहारिक बनाउन मद्दत गर्‍यो।’

सानैमा बुवा बितेकाले आमाको रेखदेखमा हुर्केका गुरुङ यसै पनि व्यावहारिक थिए। सानैदेखि पढ्दै काम गर्दै आमालाई मद्दत गरिरहेका थिए। आफूमाथि घरको जिम्मेवारी छ भन्ने महसुस उनलाई थियो।

अझै पनि नेपाली समाजले मोडलिङ क्षेत्रलाई सजिलै स्वीकार्दैन। उनकी आमाले पनि सुरुमा यो क्षेत्र रुचाएकी थिइनन्। त्यसैले आमालाई थाहै नदिई उनले प्रतियोगितामा भाग लिए। चाहिने खर्च आफैं जुटाए।

‘उत्कृष्ट भएर आएपछि मात्र आमालाई जानकारी दिएँ’, उनले भने। उनले प्रतियोगितामा अन्य तीन सबटाइटल पनि जितेका थिए। केटीको तुलनामा केटालाई मोडलिङमा नाम कमाउन सहज नभएको उनी बताउँछन्। तर उनले यही क्षेत्रमा नाम कमाउन चाहेका छन्। ‘मोडल मात्र होइन, म त यो क्षेत्रको रोलमोडल बन्न चाहन्छु’, उनी उत्साहित हुँदै सुनाउँछन्। टीभीमा कसैले र्‍याम्पमा हिँडेको देख्दा उनलाई पनि त्यस्तै गर्न मन लाग्थ्यो।

मोडलिङका साथै गुरुङलाई डे«स डिजाइनिङमा पनि त्यत्तिकै रुचि छ। उनी आफूले लगाउने लुगा आफैं डिजाइन गर्छन्। प्रतियोगिताका लागि समेत उनले आफ्नो लुगा आफैं डिजाइन गरेका थिए। यसका लागि उनले केही महिना टेलरिङ पनि सिकेका थिए। उनलाई अभिनय पनि मन पर्छ। भन्छन्, ‘भविष्यमा फिल्ममा आउने सोच छ।’

यति बेला गुरुङ दुई महिनापछि थाइल्यान्डमा हुने ‘मिस्टर मोडल अफ द वल्र्ड’मा भाग लिने तयारी गर्दै छन्। उनी नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड जान लागेका हुन्। भन्छन्, ‘अहिले जिमदेखि पौडी र नृत्य सिकिरहेको छु।’ यो अन्तर्राष्ट्रिय पेजेन्ट पनि सकेसम्म आफ्नै देशमा भिœयाउने उनको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.