स्वेता भन्छिन्- 'कृपया हाम्रो प्रेमलाई जोक नबनाइदिनुहोस्'

स्वेता भन्छिन्- 'कृपया हाम्रो प्रेमलाई जोक नबनाइदिनुहोस्'

काठमाडौं : नायिका स्वेता खड्काले फेसबुकमा भावुक स्टाटस लेख्दै श्रीकृष्ण श्रेष्ठलाई संझेकी छिन्।हाल बेल्जियममा रहेकी स्वेताले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठलाई संझिदै आफ्नो फेसबुक वालमा मर्मस्पर्शी स्टाटस लेखेकी हुन्।

उनले लेखेकी छिन, 'मैले के गुमाए र के पाएँ त्यसको हिसाबकिताब गर्ने हो भने यो उमेरसम्म आइपुग्दा जति पाएको छु त्यो भन्दा धेरै कुरा गुमाएको छु। सबैभन्दा सर्वश्रेष्ठ कुरा, मैले मेरो आत्मीय व्यक्ति गुमाएको छु जसको भर्पाइ कुनै धन सम्पत्ति वा सफलताले गर्न सक्नेछैन।'

उनले श्रीकृष्णलाई गुमाएको दिन सम्झनभन्दा पनि बिर्सन चाहेको बताएकी छिन्।'मेरा प्रेमी, पति, मित्र र अभिभावक जसलाई मैले भौतिक रुपमा सदासदाका लागि गुमाएको मेरो जिन्दगीको सबैभन्दा कालो दिन। त्यो दिनलाई सम्झाइदिने अनि खाटो बस्न लागेको घाउमा नुनचुक छरीदिने प्रयाहरु भइरहन्छन्।उनी भन्छिन्, 'त्यसैले त्यो दिन सम्झनभन्दा बिर्सन चाहन्छु।'

उनले पति श्रीकष्णको पाँचौ पुण्य तिथि यही साउन २९ परेको जानकारी दिएकी छिन्।

उनले श्रीकृष्णलाई बिर्सन नसकेको र सदासदा मस्तिष्कमा रहिरने भनेकी छिन्।'माया र सम्झनाको तौल हुँदैन, आकार हुँदैन अनी सीमा पनि हुँदैन। मेरा स्वर्गीय पतीप्रतिको मेरो प्रेम बुझ्नलाई कोमल हृदय चाहिन्छ। मायाको अर्थ बुझ्नेहरुले मात्र मेरो भावनालाई बुझ्न सक्छन्।अत: मेरो मुटुमा बाँचिरहेका, मेरो ओंठमा हाँसिरहेका, मेरो हरेक पाइलामा छाया बनेर मसँगै हिंडिरहेका अनी मेरा हरेक सफलतामा रमाइरहेका मेरो जीवनसाथी अझै पनि मेरो मन र मस्तिस्कमा जिवितै छन् र सदासदा जीवित रहनेछन्।'

उनले केही मिडियाहरुले आफू र आफ्ना स्वर्गीय पतीबीचको प्रेमलाई 'जोक' बनाएको आरोप लगाएकी छन्।उनले भनेकी छन्, 'मेरो अनुपस्थितिमा केही अनलाइन मिडियामार्फत म र मेरो स्वर्गीय पती बीचको प्रेमलाई 'जोक' बनाउन प्रयास गरेको पाएँ, कृपया यस्तो घीनलाग्दो खेल नखेलिदिनु हुन म हार्दिक अनुरोध गर्दछु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.