चारबुँदे मागसहित केयूमा ताला
काभ्रे : धुलिखेल–४ स्थित काठमाडौं विश्वविद्यालय (केयू) प्राध्यापक संघले उपकुलपति, रजिस्ट्रार र डिनका कार्यालयमा चारबुँदे मागसहित अनिश्चितकालीन तालाबन्दी गरेको छ।
काठमाडौं विश्वविद्यालय ऐन २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सहभागितामा संशोधन गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, लामो समय एउटै पदमा कार्यरत करार÷अस्थायी प्राध्यापक तथा कर्मचारीसम्बन्धी संशोधनमा बेवास्ता गरेको आरोप लगाइएको छ।
केयूले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैं छलकपटको रणनीति लिएकाले विरोधस्वरूप तालाबन्दी गर्नुपरेको प्राध्यापक संघका अध्यक्ष प्राडा. वेदमणि दाहालले जानकारी दिए। संघका पदाधिकारी र कर्मचारीले अहिले सञ्चालनमा रहेको सेमेस्टर परीक्षासमेत बहिष्कार गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
१