नमुना बन्दै राष्ट्रिय वन

नमुना बन्दै राष्ट्रिय वन

वीरगन्ज : अतिक्रमण, फडानी, डढेलो लगायतका कारणले मासिदै गएको पर्साको सबैया साझेदारी वन व्यवस्थापन समूहको मातहतमा रहेको राष्ट्रिय वन अहिले भने जिल्लाकै नमुना वनका रुपमा स्थापीत हुँदै आएको छ। साझेदारी वन व्यवस्थापन समूहको व्यवस्थापनमा रहेको ३ हजार १ सय ८८ हेक्टर क्षेत्रफलमा फैलिएको राष्ट्रिय वनको संरक्षणमा स्थानीय आफै जुटेका छन्। 

समुदायको सक्रियताका कारण जिल्लाकै नमुना वन बनेको छ। डिभिजन वन कार्यालय पर्साकाअनुसार पर्सा जिल्लामा कुल वनको क्षेत्र ७५ हजार ८ सय ४३ हेक्टर छ। त्योमध्ये राष्ट्रिय वनको क्षेत्र ११ हजार ५ सय ८५ हेक्टर छ। जिल्लाका राष्ट्रिय वनको व्यवस्थापन र सरंक्षणको जिम्मा सबैया, विन्दवासीनी र कोइलाभार गरी तीनवटा साझेदारी वन व्यवस्थापन समूहले लिएका छन्। 

सबैया साझेदारी वन व्यवस्थापन समूहले १० वर्षे कार्य योजना नै बनाएर २०७२ सालदेखि राष्ट्रिय वनको व्यवस्थापन र संरक्षण गर्दै आएको छ। २०७२ अघि उक्त वनको २२ हेक्टर अतिक्रमण गरी स्थानीयले बाली लगाउनुका साथै अस्थायी घर टहरा पनि बनाएका थिए। खडेरीका बेला लाग्ने डढेलो, अवैध कटान र काठको चोरी तस्करीका कारण वन मासिदै गएको थियो। वन समूहको १० वर्से कार्ययोजना कार्यन्वयन गरेपछि उजाड वन हराभरा देखिन थालेको छ। 

सबैया साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष लखनलाल साहकाअनुसार १० वर्षे कार्ययोजनाको प्राथमिकतामा वनको अतिक्रमण खाली गराउने , अतिक्रमण मुक्त क्षेत्रमा वृक्षारोपण गर्ने, तारबार लगाउने र डढेलोबाट जोगाउन फायर लाइन (अग्नी रेखा) निर्माण गरिएको छ। यस्तै सालका माउ रुखहरुको संरक्षण पनि प्राथमिकतामा रहेको साहले जानकारी दिए। २०७२ यता स्थानीयकै सहयोग लिएर समूहले अतिक्रमणमा परेको २२ हेक्टरमध्ये १२ हेक्टर वन क्षेत्र खाली गराइ नयाँ विरुवा रोपेर तारबार पनि गरिएको छ। 

अतिक्रमणमा परेको बाँकी १० हेक्टर पनि चालु आर्थिक वर्षभित्रै खाली गराएर वृक्षारोपण गरिने समूहले जनाएको छ। ‘वनको अतिक्रमण खाली गराउन सुरुमा धेरै चुनौतीको सामना गर्नुप¥यो’ उनले भने, ‘तर पछि घर–घरमै गएर मैले गाँउलेलाई सम्झाउँदा गाउँले नै अतिक्रमण हटाउन राजी भए। अतिक्रमण हटाउनु हाम्रो लागि निकै चुनौती बन्यो। ’ कार्य योजनाअन्तर्गत समूहको क्षेत्राधिकारभित्र रहेको राष्ट्रिय वनका विभिन्न स्थानमा डढेलोबाट जोगाउन अहिले सम्म १० किलोमिटर फायर लाइन निर्माण गरिसकिएको उनले जानकारी दिए। उनले थपे,‘ अब दुई किलोमिटर मात्र फायर लाइन बनाउन बाँकी छ। त्यो पनि चाँडै पूरा हुन्छ। ’

समूहले गत आर्थिक वर्षमा मात्रै वनभित्र १५ हेक्टर क्षेत्रफलमा नयाँ विरुवा रोपिएको जनाएको छ। नयाँ विरुवा रोपेको क्षेत्रमा छाडा पशु चौपाया नियन्त्रण गनए पूरै वनको सीमानामा तारबार लगाइएको छ। निजी वनप्रति आकर्षित गराउन समूहले आफ्नै कार्यालय परिसरमा विभिन्नि प्रजातिका विरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्दै आएको छ। वनको संरक्षणका साथै वनमा रहेका बुढा रुख र ढलापडा काठ व्यवस्थापन गर्न स्थानीयलाई सहुलियतमा उपलब्ध गराउँदै आएको अध्यक्ष साहले जानकारी दिए। 

वन व्यवस्थापनबाट एक वर्षको अवधिमा समूहले काठ दाउरा बिक्री गरेर एक करोड ४० लाख ९७ हजार २ सय ६५ रुपैयाँ आम्दानी गरेको छ। काठ बिक्रीबाट १ करोड ३८ लाख ५६ हजार ५ सय ४८ र दाउरा बिक्रीबाट २ लाख ४० हजार ७ सय १७ रुपैयाँ आम्दानी भएको साहले जानकारी दिए। समूहको कार्यालय परिसरमा अहिले पनि ९ हजार २ सय ३४ घनफिट सालको काठ मौज्दात रहेको छ। 

वन समूहलाइ हुने आम्दानीको ५० प्रतिशत रकम वनकै व्यवस्थापन र संरक्षणमा खर्च गर्दै आएको छ। ‘१० प्रतिशत रकम प्रशासनिक काममा र बाँकी ४० प्रतिशत रकम वन क्षेत्रसँग जोडिएका गाउँको विकास निर्माणमा खर्च गर्ने गरेका छौं’ उनले भने। काठ दाउरा बिक्रीबाट आएको रकमबाट समूहले एम्बुलेन्स खरिद गरेर स्थानीयलाई सेवा उपलब्ध गराउँदै आएको छ। डिभिजन वन कार्यालय पर्साका योजना शाखाका रेन्जर रियाज अमहमद अन्सारीले पनि सबैवा वन समूहको काम देशकै नमुना भएको बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.