‘एक्सन फिल्म खेल्नु मेरो सोख हो’

‘एक्सन फिल्म खेल्नु मेरो सोख हो’

काठमाडौं : राजीवजंग बस्नेत एक्सन प्रधान चलचित्र मिस्टर बद्रीबहादुरमार्फत नेपाली फिल्ममा डेब्यु गर्दैछन्। उनी मार्सल आर्टका खेलाडी पनि हुन्। तेक्वान्दो खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गेम खेलिसकेका छन्। हाल कोटेश्वरमा गाम्छा तेक्वान्दो एकेडेमी सञ्चालन गरिरहेका राजीव एकेडेमीमा प्रेसिडेन्ट छन्। त्यहाँ उनले मार्सल आर्टको टे«निङसँगै फिटनेससम्बन्धी कक्षा सञ्चालन गर्छन्। जहाँ जुम्बा डान्स, एरोबिक पनि उपलब्ध छ।

सानैदेखि मार्सल आर्टका खेल खेल्न रुचि राख्ने राजीवले सन् २०१४ मा अन्तर्राष्ट्रिय मास्टरको उपाधि प्राप्त गरे। खेल खेल्यो भने छोरो बिग्रिन्छ, गुन्डा भएर हिँड्छ भन्ने गलत धारण थियो परिवारमा। उनी कोटेश्वरमै हुर्किएका हुन्। वरिपरि सिनियर दाइ मार्सल आर्टका खेल खेल्थे। खुब रहर लाग्थ्यो उनलाई। भागेर पनि गेम खेल्थे। लुकेरै उनले तेक्वान्दो, कराँते खेलका स्टेप सिके। बु्रसली, भेन्डम, गोर्डन लिउ, जेट ली, जेकी चाङका फिल्म हेरेरै मार्सल आर्टको नशा बस्यो उनीभित्र। फुर्सद भयो कि यस्तै खेलसम्बन्धी फिल्म हेरेर बिताउँथे।

शरीर फिट राख्न र आफ्नो डिफेन्स गर्न मार्सल आर्टको ज्ञान हरेकलाई आवश्यक हुने उनको तर्क छ। करिब २० वर्ष खेलाडी भएर प्रत्यक्ष खेल खेल्दै आएका राजीवले अब भने पेसा परिवर्तन गरेका छन्। क्यामेराभित्रको दृश्यमा मार्सल आर्टको सीप प्रयोग गरिरहेका छन्। किन त ? ‘अभिनय मार्फत आफूभित्रको क्षमता प्रदर्शन गर्न सकिन्छ। कलालाई कृति बनाएर राख्न सकिन्छ। युवा हुँदा म कस्तो थिएँ त ? अभिनयमा गरेको कामलाई संग्रह गरेर राख्न सकिने भएकाले यो क्षेत्रमा प्रवेश गरेको हु।’

खेल खेल्नु र अभिनय गर्नु फरक पेसा हुन्। कराँते, तेक्वान्दोजस्ता पावर गेममा आफ्नो क्षमता देखाइसकेका छन् उनले। राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सहभागी भएका गेमको अनुभव उनले अभिनयमार्फत सञ्चित राख्न चाहन्छन्।

खेल खेल्ने क्रममै उनलाई म्युजिक भिडियोको अफर पनि आउँथ्यो। तर उनलाई एक्सन प्रधान फिल्ममा मात्रै काम गर्ने रहर थियो। खुट्टाको चोटका कारण उनी बेड रेस्टमा थिए। करिब पाँच महिनाअघि सोभित बस्नेतले एक्सन प्रधान फिल्म बनाउन लागेको भन्दै खेल्न अफर गरे। उनले सहमति जनाए। यो फिल्मको सुटिङ सकिइसकेको छ, रिलिजको पर्खाइमा छन् उनी।

एक्सन प्रधान फिल्म खेल्न अभिनय क्षेत्रमा होमिएका राजीवलाई फिल्ममा धुरुधुरु रुने दृश्य दिन निकै सकस भयो। कसैले कुट्दा पनि हत्तपत्त नरोएका उनलाई क्यामराको अघि नै भए पनि रुन अप्ठ्यारो लायो। उनी धर्मसंकटमा परे। उनले भर्खरै ‘हिरो नं १’ नामक चलचित्रको पनि सुटिङ सकाए। क्षमता र लगाव हुनेलाई टिक्न दुःख हुँदैन भन्ने विश्वास भने कमाए यो बीचमा उनले। यसलगत्तै उनले थप तीनवटा फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.