बालिका बलात्कारको आरोपमा महानगरपालिकाका कुचिकार पक्राउ
![बालिका बलात्कारको आरोपमा महानगरपालिकाका कुचिकार पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/rape-case_20180924081940_RA5KQfaC4i.jpg)
काठमाडौं : बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना कुचिकार पक्राउ परेका छन्। ११ वर्षीया बालिकाका आफन्तले दिएको उजुरीको आधारमा काठमाडौं महानगरपालिका-१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।
परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार चिनजानकै आफन्तबाट बालिका बलात्कृत भएको अनुसन्धानबाट खुलेको छ। पुजारी महानगरपालिकाको कुचीकार प्रमुख हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)