बकर इद उल्लास (फोटो फिचर)

बकर इद उल्लास (फोटो फिचर)

नेपालग‌ंज : इद–उल–अजाह (बकर इद) को अवसरमा नेपालगंजको वीपी चोकस्थित इदगाह मस्जिदमा हजारौं मुस्लिम धर्मालम्वीले एकसाथ सामूहिक नमाज पढेका छन्। संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि सोमबार नमाज पढेका हुन्। 

विहान ८ बजे मस्जिद र मस्जिद बाहिर सुर्खेतरोडमा पनि ठूलो संख्यामा नमाज पढियो। बकर इद इस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व हो। तीन दिनसम्म मनाइने यो पर्व बुधबारसम्म मनाइनेछ। 

रमदान महिनाभर उपवास बसी इदगाहमा सामूहिक नामज पढेर इद मनाएको ठिक ७ दिनपछि बकर इद मनाइने चलन छ। इदगाहमा सामूहिक नमाज पढे लगत्तै सबै इस्लाम धर्मावालम्वीहरुले पशुवली दिने गरिन्छ। 

खसी, भेडा, दुम्बा, भैसी, राँँगाको बली दिने परम्परा रहेको मौलाना अब्दुल जब्बार मञ्जरीले बताए। बली दिएको मासु तीन भाग गरी दुई भाग गरिब र छिमेकीलाई बाँडेर एक भाग घरमा पकाएर आफू र आफन्तलाई खुवाउने चलन छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.