प्रधानमन्‍त्री तथा नेताहरूले दिए बकर इदको शुभकामना

प्रधानमन्‍त्री तथा नेताहरूले दिए बकर इदको शुभकामना

काठमाडौं : इस्लाम धर्माबलम्बीको महान् पर्व बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरुले शुभकामना दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत बकर इद मुबारक भन्दै शुभकामना दिएका छन्।प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्-२०७६ सालको इद-उल-अज्हा (बकर इद) को शुभ अवसरमा सम्पूर्ण मुस्लिम दिदी बहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।बकर इद मुबारक'।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण इस्लाम धर्माबलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै शुभकामना दिएकी छन्। 'इस्लाम धर्माबलम्बीहरूको महान पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्माबलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु,' भन्दै उनले शुभकामना सन्देशमा लेखेकी छन्।

उनले शुभकामना दिँदै भनेकी छन्, 'हाम्रो साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बर्द्धनले पर्यटन प्रबर्द्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प हासिल गर्न मद्दत पुग्नेमा म विश्वस्त छु।'

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' ले मुस्लिम समुदायको महान् चाड बकर-इदलाई भाइचारा र पारिवारिक मिलनको पर्व भन्दै शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमा भनेका छन्, 'इस्लाम धर्माबलम्बीहरुको महान पर्व इद-अल-अधा (बकर-इद)को शुभ अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्माबलम्बीहरु र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।'

उनले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मबलम्बीहरुको महान् पर्व इद-अल-अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास लिएको बताएका छन्।

यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि बकर इदका अवसरमा शुभकामना दिएका छन्।इदका अवसरमा सोमबार शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याउन सकोस् भन्दै कामना गरेका छन्।

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि इद मुबारक भन्दै शुभकामना दिएका छन्।उनले ट्वीट गर्दै इस्लाम धर्माबलम्बीको पवित्र पर्व 'इद उल जोहा' का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लीम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं स्मृद्धिका लागि हार्दिक शुभकामना प्रकट गर्दछु भन्दै शुभकामना दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.