पहिरोले डेढसय परिवार विस्थापित

पहिरोले डेढसय परिवार विस्थापित

दोलखा : पहिरोका कारण दोलखाका विभिन्न स्थानमा डेढसय बढी परिवार विस्थापित भएका छन्। उनीहरुमध्ये अधिकांश विद्यालयको कक्षाकोठामा, सहकारी भवन, छिमेकीको घर तथा चौपाया गोठमा आश्रय लिइरहेका छन्। २ जना अझै बेपत्ता छन्। एक जना गम्भीर घाइते भएको दोलखा प्रहरीले जनाएको छ।

बाढीले ५० भन्दा बढी चौपाया बगाएको छ। करौडौंको सम्पत्ति, अन्नपात लगायत पहिरोले पुरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। साउन १७ गतेको पहिरोका कारण गौरीशंकर गाउँपालिका-१ जुँगूका जितबहादुर खत्री र निशान खड्का अझै बेपत्ता छन्। सोही पहिरोको कारण १४ घरमा पूर्ण क्षति पुगेको छ भने, ८७ परिवार विस्थापित हुनु परेको छ। ‘रोड खन्दा गाउँभरी घुमाए, अहिले यता उता तल सबैतिर पहिरो गएको छ। हामी कता जानू।’ गौरीशंकर- १ जुँगूकी लिलामाया बस्नेतले भनिन्। गौरीशंकर गाउँपालिका-१ जुँगूका डम्बरबहादुर खत्रीले पहिरो माथिबाट आएपछि क्षति गरेको बताए।

साउन १३ गते गौरीशंकर गाउँपालिका वडा नम्बर ६ चंखु र वडा नम्बर ७ मार्बुमा डोजर अपरेटरको भरमा खनेको सडकको कारण पहिरो गई २ घर बगाएको छ। २९ घर विस्थापित भएर बसाइ सर्नुपर्ने अवस्थामा पुगेको छ। वातावरणीय प्रभाव मुल्यांकन नै नगरेर खनिएका सडकका कारण पहिरो गएको स्थानीय बताउँछन्। शैलुङ गाउँपालिका-१ ताम्चेतदुधपोखरीमा घरमाथी डाँडाबाट खनिएको सडकको कारण पहिरो गएर ३६ परिवार विस्थापित छन्। कालिञ्चोक गाउँपालिका-४, हिलेपानीमा ३ घर विस्थापित छन्।

शनिबार दिउँसो सुख्खा पहिरोको कारण विगु गाउँपालिका-१ लामाबगरमा ७ घर पूर्ण क्षति भएको छ। सो पहिरोले २२ घर विस्थापित हुन पुगेका छन्। आर्थिक वर्ष २०७५/०७६ मा दोलखाका ९ स्थानीय तहले करिब दुईहजार मिटर लामो सडक बनाएको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ। स्थानीय सरकारले सडकमा बजेट बिनियोजन गर्दा नाला बनाउने तर्फ ध्यान नदिँदा पहिरोको जोखिम झन बढेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.