डोजरले बाँध र कुलो क्षतिग्रस्त

डोजरले बाँध र कुलो क्षतिग्रस्त

काठमाडौं :  गजुरी गाउँपालिका-६ दरियाँल खोलामा अवैध रूपमा बालुवा निकालेको खाल्डामा डुबेर २ युवाको ज्यान गयो। यसअघि पनि पटक-पटक बालुवा निकाल्ने मजदुर तथा घाँस-दाउरा र मेलापातमा हिँडेका किसान दरियाँल खोलामा फसेका थिए।

बालुवा तस्करको अवैधानिक कामले स्थानीयले सास्ती खेप्न बाध्य भएपछि प्रशासन पनि नगुहारेका होइनन्। तर, स्थानीय सरकार र प्रहरी÷प्रशासनको मौन समर्थनमा हुने अवैधानिक उत्खननबाट आफूहरूले ठूलो सास्ती खेप्दै आएको स्थानीयवासी तथा मजदुरको गुनासो छ। दुई साताअघि जथाभावी बालुवा उत्खनन गरेर स्थानीयको रोजीरोटी खोसिएको र घाँसदाउरा, मेलापात गर्न पनि जोखिम भएको भन्दै दरियाँल खोला आसपासका स्थानीयले अवैध उत्खनन बन्द गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए।

‘पदलाई पैसासँग साटेर अकुत कुम्ल्याउन पल्किएकाहरूले हाम्रो हार गुहार किन सुन्थे ? आखिर जे नहुनुपथ्र्याे त्यो भइछाड्यो’, स्थानीय राजकुमार चेपाङले भने, ‘खोलामा डुबेर कलिलै उमेरका २ युवाको अकालमै ज्यान गयो।’ आक्रोशित स्थानीय युवाले शनिबार बालुवा निकाल्ने ३ वटा स्काभेटरमा आगो लगाइदिएका थिए।

खोला किनारमा स्थानीय किसानले खेती गरेको जग्गामा पनि सार्वजनिक जग्गा भन्दै बालुवा थुपारेर राखेका छन्। खोलामा जथाभावी उत्खनन गरिदिँदा खेतमा पानी लैजाने बाँध तथा कुलो पनि भत्काइएको छ। पानी लैजान नपाएर कतिपयले रोपाइँसमेत गर्न पाएका छैनन्।

असारमा रोपाइँ गरिएको खेतमा खोला उत्खनन गरेर बाँध भत्काइदिएपछि पानी लगाउन नपाएको किसानको दुखेसो छ। स्थानीय कृषक विष्णुप्रसाद रेग्मीले आक्रोशित हुँदै भने, ‘ठूलाबडाले जे गरे पनि हुने, हामीले बोल्नै नपाउने ? सधैँ पानी चलाइरहने बाँधको नाम निसाना छैन, यस्तो ज्यादती भएपछि हामी गरिब किसान के खाएर बाँच्ने ? ’

बालुवा तस्करले जनतालाई सास्ती दिएपछि स्थानीयले आफ्नै वडाका निर्वाचित जनप्रतिनिधि गुहारे। तर, उनीहरू पनि बालुवा तस्करसँग मिलेर उल्टै स्थानीयविरुद्ध बोलिरहेको स्थानीयको गुनासो छ। बालुवा उत्खननको विरोध गर्दा गजुरी-६ का वडासदस्य ध्रुव सुवेदीले आफूलाई ज्यान मार्नेसम्मको धम्की दिएको गजुरी-६ श्यामे डाँडाको आमा समूहकी अध्यक्ष विमला चेपाङले बताइन्।

नियमतः प्राकृतिक स्रोतको अवैध दोहन गर्ने गरी खोला तथा नदीमा डोजर लगाएर बालुवा निकाल्न पाइँदैन। दुई साताअघि दरियाँल खोलामै अवैध उत्खनन गर्ने ३ वटा स्काभेटरलाई ५० हजार जरिवाना तिराएर छाडिएको थियो। धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले भने, ‘खोला तथा नदीमा डोजर लगाउन कुनै हालतमा पाइँदैन, प्रहरी प्रशासनको आँखा छलेर अवैध उत्खनन भइरहेको छ भने तत्काल कारबाही गर्छाैं।’

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.