यसरी मनाइयो बकर इद (फोटोफिचर)
काडमाडौं : इस्लाम धर्माबलम्बीको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) काठमाडौंमा धुमधामका साथ मनाइएको छ ।उपत्याकाका विभिन्न मस्जिदमा मुस्लिम समुदायका मानिस भेलाभइ इद मनाएका हुन्।
बकर इदका अवसरमा सोमबार बिहान जमलस्थित कास्मिरी मस्जिदमा मुसलमान समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका गरे।उनीहरुले नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान-प्रदान गरे।
आज देशभरका मस्जिदमा इस्लाम धर्मावलम्बीहरुको भीड लाग्यो।नमाज पढेपछि खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ।