सिंगापुरबाट फर्किएपछि ओलीले भने-‘मलाई ठीक छ’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएका छन् । स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधामन्त्री ओली सोमबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य ठीक रहेको जानकारी दिनेबाहेक अन्य प्रतिक्रिया दिएनन्।
प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकार सम्मेलन गरेनन् । हिड्दा–हिड्दै पत्रकारहरुले तपाइलाई कस्तो छ ? भनी गरेको प्रश्नमा उनले भने-'मलाई ठीक छ'।ओलीले सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा स्वास्थ्य परीक्षण गराएका थिए ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।