सिंगापुरबाट फर्किएपछि ओलीले भने-‘मलाई ठीक छ’

सिंगापुरबाट फर्किएपछि ओलीले भने-‘मलाई ठीक छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएका छन् । स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधामन्त्री ओली सोमबार स्वदेश फर्किएका हुन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य ठीक रहेको जानकारी दिनेबाहेक अन्य प्रतिक्रिया दिएनन्।

प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकार सम्मेलन गरेनन् । हिड्दा–हिड्दै पत्रकारहरुले तपाइलाई कस्तो छ ? भनी गरेको प्रश्नमा उनले भने-'मलाई ठीक छ'।ओलीले सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा स्वास्थ्य परीक्षण गराएका थिए । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.