लुम्बिनी विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रम खारेज

लुम्बिनी विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रम खारेज

काठमाडौं : लुम्बिनी बौद्ध विश्वविद्यालयले पढाइ सुरु गरेको ३ वर्षपछि इन्जिनियरिङ विधाको पढाइ खारेज गरेको छ। तीन ब्याच विद्यार्थी उत्पादन गरेपछि कार्यक्रममा नयाँ विद्यार्थी भर्ना नगर्ने विश्वविद्यालयको प्राज्ञिक परिषद्ले निर्णय गरेको हो। परिषद्को निर्णयअनुसार यसै वर्षदेखि विश्वविद्यालयमा इन्जिनियरिङतर्फ नयाँ विद्यार्थी भर्ना हुन पाउँदैनन्।

बौद्ध दर्शन, इतिहास तथा साहित्यसँग सम्बन्धित विषय अध्यापन गराउने उद्देश्यले खुलेका विश्वविद्यालयले इन्जिनियरिङ पढाउनु अव्यावहारिक भएको भन्दै सर्वत्र आलोचना भएको थियो।

आलोचनाबीच विश्वविद्यालयले ललितपुरको पाटनस्थित लुम्बिनी कलेज अफ साइन्स एन्ड टेक्नोलोजीलाई सम्बन्धन दिएको थियो। लुम्बिनी कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले ‘डिजास्टर रिस्क म्यानेजमेन्ट’ र ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ गरी दुई वटा कार्यक्रम चलाइरहेको छ। दुवै कार्यक्रम स्नातकोत्तर तहका हुन्। यस कार्यक्रमका लागि कलेजले ४० विद्यार्थी भर्ना लिन पाउँछ। कलेजले विश्वविद्यालयबाट सम्बन्धन लिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट लेटर अफ इन्टेन्ट (एलओआई) लिएको थिएन। ‘हामीसँग सम्बन्धन लिँदा एलओआई लिन्छु भनेको थियो तर लिएको देखिएन’, उपकुलपति बज्राचार्यले बताए।

कलेजले मापदण्ड पुरा नगरेको र इन्जिनियरिङ विषय पढाउन उपयुक्त नदेखिएकाले नयाँ भर्ना नलिने निर्णय गरेको बज्राचार्यले जानकारी दिए। विवादका कारण यसअघि पढाइ पुरा गरिसकेका विद्यार्थीले विश्वविद्यालयबाट प्रमाणपत्र पाएका थिएनन्। प्रमाणपत्र कसले दिने? कसरी दिने भन्नेमा विश्वविद्यालयमा स्पष्ट मापदण्ड बनेको थिएन। पहिलो ब्याजकै विद्यार्थी भर्ना गर्दा विवाद आएपछि विश्वविद्यालयले गत वर्ष नयाँ विद्यार्थी भर्ना नलिने निर्णय गरेको थियो। तर कलेज सञ्चालक उक्त निर्ण विरुद्ध अदालत गएका थिए। अदालतले कलेजको माग बमोजिम अन्तरिम आदेश दिएपछि गत वर्ष अर्को ब्याजका विद्यार्थी भर्ना गरेको थियो।

अदालतको आदेशपछि एक ब्याज विद्यार्थी भर्ना गरेर कलेजले सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएको थियो। ‘आफू हार्छु भन्ने अनुमान लगाएर मुद्दा फिर्ता लिएको हुनुपर्छ’, उपकुलपति बज्राचार्यले भने, ‘विभिन्न वहाना बनाएर कलेजले तीन ब्याज विद्यार्थी भर्ना गर्ने मौका पायो। अहिले अन्तिम ब्याजका विद्यार्थी पढिरहेका छन्।’ इन्जिनियरिङ विषयको पढाईका सम्बन्धमा विवाद आएपछि विश्वविद्यालयले इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन तथा नास्टका पूर्व उपकुलपति जीवराज पोखरेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो।

कार्यदलले स्वदेशी तथा विदेशी विश्वविद्यालयका इन्जिनियरिङ विषयका पाठ्यक्रम तथा परीक्षा प्रणालीका विषयमा अध्ययन गरेको थियो। अध्ययनमा लुम्बिीको पाठ्यक्रम उत्कृष्ट रहेको र परीक्षा प्रणाली वैज्ञानिक रहेको सुझाव दिएपछि यसअघि पढेका विद्यार्थीलाई मान्यता दिदैं शैक्षिक प्रमाणपत्र दिने निर्णय गरेको हो। विश्वविद्यालय अन्तर्गत एउटा आंगिक र ८ वटा सम्बन्धन प्राप्त कलेज सञ्चालनमा छन्। ती सबैमा गरी ७ सय २२ जना विद्यार्थी अध्ययनरत छन्।

विश्वविद्यालयले विकास अध्ययनशास्त्र र वातावरणको वनोट तथा प्राकृतिक संरक्षण विषय पठनपाठन सञ्चालन गर्ने भएको छ। यसको लागि आवश्यक तयारी भइरहेको उपकुलपति बज्राचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.