रक्सी खाएर ड्युटी गर्ने अस्पतालका कर्मचारी...

रक्सी खाएर ड्युटी गर्ने अस्पतालका कर्मचारी...

वीरगन्ज : आर्थिक रुपले विपन्न बिरामीको पहिलो रोजाइमा पर्छ, वीरगन्जको नारायणी अस्पताल। अस्पतालमा पर्सादेखि सर्लाहीसम्म चार जिल्लाका बिरामी र सेवाग्राही उपचारका लागि आउँछन्। 

मध्य तराइकै सबैभन्दा पुरानो र ठूलो अस्पतालमा बिरामीको चाप बढेपछि संघीय सरकारले गत पुष १६ गते तत्कालीन उपक्षेत्रीय अस्पतालाई विशेषज्ञ सेवासहित ५ सय बेडको टर्सरी अस्पतालका रुपमा स्तरोन्नती गर्ने निर्णय गर्‍यो। 

प्रदेश २ कै नमूना अस्पतालको रुपमा बनाउने सरकारले निर्णय गरेसँगै अस्पतालमा गत फागुन अन्तिम साता उपक्षेत्रीय अस्पताल लेखिएको बोर्ड हटाएर नारायणी अस्पताल लेखिएको बोर्ड झुण्ड्याइएको छ। अस्पताल भवन रङ रोगन गरेर चिटिक्‍क पारिएको छ। 

तर नयाँ बोर्ड झुण्ड्याएर अस्पाल भवनको रङरोगन गरिए पनि अस्पतालले प्रदान गर्ने सेवा भने झनै खस्किएको बिरामी र सेवाग्राहीको गुनासो छ।स्वास्थ्यकर्मी र कर्मचारीको व्यवहारमा परिवर्तन आउन नसक्दा अस्पताल आउने बिरामी तथा उनीहरुका कुरुवा सास्ती खेप्न बाध्य छन्। 

रातभर टिकट काउण्टर बन्द

आइतबार राति अस्पतालको प्रसूति गृह भवन परिसरमा रहेको आकस्मिक पुर्जी काट्ने काउण्टर रातभर बन्द रहयो। काउण्टरमा रात्रीकालीन डयुटीमा रहेका शीवदानी यादव रक्सी सेवन गरी काउण्टरको झ्याल र ढोका बन्द गरी काउण्टर भित्रै रातभर सुते। जसका कारण काउण्टर बन्द रहयो।

राति १० बजे तिर एकजना महिला पुर्जी लिन काउण्टरमा जाँदा ड्युटिमै रक्सी सेवन गरेका यादवले काउण्टरको ढोका र झ्याल बन्द गरेर सुतेको देखेकी थिइन्। त्यसपछि राति साढे १ बजे फेरि अर्का सेवाग्रही टिकट काउण्टरमा जाँदा पनि काउण्टर बन्द नै रहेको भेटिएपछि   बिरामीका कुरुवाले अस्पतालमै रहेको प्रहरीलाई खबर गरेका थिए।

प्रहरी बिटका प्रहरी सहायक निरीक्षक जय किसुन महत्तोले अस्पतालका कर्मचारीको सहयोगमा काउण्टरको ढोका फुटाएर भित्र प्रवेश गर्दा पनि यादव रक्सीको नशामै भेटिए।

'यादव भित्रैबाट ढोका बन्द गरेर सुतेका रहेछन् एक घण्टासम्म ढोका ठटाउँदा पनि नउठेपछि हामीले बाहिरबाट ढोका तोडेर भित्र छिर्दा उनी बेन्चमै सुतिरहेका थिए, 'महत्तोले भने, 'त्यसपछि इमरजेन्सीमा लगेर डाक्टरले जाँच गर्दा मापसे गरेको भेटिएपछि उनलाई हत्कडी लगाएर वडा प्रहरी कार्यालय वीर्तामा पठाइयो।'

यादवको लापरवाहीका कारण रातभर बन्द रहन पुगेको टिकट काउण्टर सोमबार बिहान साढे ७ बजेपछि मात्र संचालनमा आएको प्रहरी सहायक निरीक्षक महत्तोले जानकारी दिए। 

नारायणी अस्पतालका निमित्त मेसु डाक्टर सुरेन्द्र चौधरीका अनुसार ड्युटीमै मदिरा सेवन गरेको अवस्थामा भेटिएका यादव प्रहरी हिरासतमा रहेको र उनीविरुद्ध अस्पताल प्रशासनले विभागीय कारबाही गर्ने बताएको छ। 

'अहिले अस्पतालका मेसु डाक्टर मदनकुमार उपाध्याय काजमा मन्त्रालय जानु भएको छ,' उनले भने, 'उहाँ फर्किएपछि यादवलाई निलम्बन गरी कारबाही गरिन्छ।'

नर्स र डाक्टरको व्यवहारले बिरामी र कुरुवा हैरान 

नारायणी अस्पतालका कर्मचारी मात्र नभइ चिकित्सक र नर्सको व्यवहारले बिरामी र कुरुवा हैरान हुने गरेका छन्।उनीहरुको लापरवाहीका कारण अस्पतालको उपचार सेवा प्रभावकारी हुन नसकेको अस्पताल छेउकै टोल छपकैयाका अमीत बर्माले बताए । 

उपचारका लागि आउने बिरामीसँग नर्स र चिकित्सकले तीखो बचन बोल्ने, हप्कीदप्की गर्ने, समयमा बिरामीको जाँच नगरिदिने भएकाले बिरामी र उनका कुरुवा हैरान भएका हुन्। शर्मा भन्छन्, 'सुइ लगाउने र औषधि खुवाउने बारे नर्सलाई भन्दा नर्सले उल्टै रात परिसक्यो, हामीलाई डर लाग्छ । हामी क्याबिनमा जाँदैनौ, आफै औषधि खुवाइदिनु भन्दै जवाफ फर्काउँछन्।'
 
अस्पतालका नर्स क्याबिनमा मात्र बस्ने र बिरामीका कुरुवाले गएर आग्रह गर्दा पनि उनीहरुले बिरामीको बेडसम्म जान आनाकानी र अटेरी गर्ने गरेको बिरामीका कुरुवाको गुनासो छ। बिरामीको बेडसम्म गइदिन करकाप गर्दा नर्सले उल्टै तुत्छ बचनले हप्काएर पठाइदिने गरेको अस्पतालको जर्नल वाडमा भेटिएका कुरुवा सुनिल सहनीले बताए।

'बिरामीलाई कुन औषधि कति मात्रामा खुवाउने हो, कुन सुइ कति खेर लगाउने हो त्यो हामीलाई जानकारी हुँदैन, उनले भने , 'डाक्टर पनि भनेका बेला बेडमा आउँदैनन्, नर्सहरु पनि बेडमा जान आनाकानी गर्छन्। धेरैपटक भन्यो भने नर्स रिसाउँछन्।'

खासगरी रातिको समयमा डयुटीमा रहेका नर्सहरु इन्टरसिपका लागि विभिन्न नर्सिङ कलेजबाट आएका सिकारु नर्सलाई मात्र बेडमा बिरामी हेर्न पठाउने गरेको कुरुवा बताउँछन्।

'अस्पतालका नर्सहरु राति क्याबिनमा सुत्छन्। कलेजबाट काम सिक्न आएका सिकारु नर्सहरु मात्रै बिरामीलाई सुइ लगाउन र औषधि खुवाउन आउँछन्, बालरोग विभागमा छोरा भर्ना गराएकी सुशीला देवी थरुइन्ले भनिन्, ' सिकारु नर्समाथि त्यति विश्वास नै लाग्दैन तै पनि बाध्य छौं।'

डाक्टर क्लिनिकमै व्यस्त

नारायणी अस्पतालमा नर्स र कर्मचारीबाट मात्र नभइ चिकित्सकबाट पनि बिरामी हैरान हुने गरेका छन्।अस्पतालका प्राय सबै चिकित्सकको अस्पताल छेउछाउमा आ-आफनै निजी क्लिनिक छ।उनीहरु क्लिनिक र नर्सिङ होममै व्यस्त हुने भएकाले बिरामीलाई लामो समय कुर्नुपर्ने बाध्यता छ।

अस्पतालको बहिरङ विभाग (ओपिडी) मा बिहान ९ बजे आइपुग्नुपर्ने र अपरान्ह ५ बजेसम्म बस्नु पर्ने प्रावधान छ। तर प्राय चिकित्सक बिहानको समयमा निजी क्लिनिकमै व्यस्त हुन्छन्। बिहान करिब ११ बजेपछि मात्र अस्पतालमा पुग्छन् र हतार हतारमा बिरामीको चेकजाँच गरी १/२ नबज्दै बाहिरिन्छन्। 

ओपीडीमा कोही पनि डाक्टर ९ देखि ५ बजेसम्म बस्दैनन्। बर्मा भन्छन्, 'हतार हतारमा बिरामी जाँचेर ल्याब टेस्टका लागि बिरामी र कुरुवालाई पठाइ दिन्छन्। ल्याब टेष्टको रिपोर्ट पाएपछि बिरामी र कुरुवाहरु डाक्टर खोज्दै अस्पताल चहार्छन्, नभेटिएपछि उनीहरु निजी क्लिनिकमै पुगेर रिपोर्ट देखाएर औषधि लेखाउँछन्।' 

टर्सरी अस्पतालबाट प्रदान हुने खालका विशेषज्ञ सेवा दिने प्रयाप्त जनशक्ति, भौतिक संरचना र स्रोत अस्पतालसँग नभएका कारण सेवा प्रवाहमा समस्या भइरहेको कार्यरत स्वास्थ्यकर्मी बताउँछन्।

अस्पतालका सूचना अधिकारी रमेश चौधरीका अनुसार सरकारले उपक्षेत्रीय अस्पताललाई टर्सरी अस्पतालका रुपमा स्तरोन्नती गर्ने निर्णय गरेपनि टर्सरी अस्पतालबाट दिइने विशेषज्ञ डाक्टरको सेवा दिने पर्याप्त जनशक्ति छैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.