एलजीले एप्पल एयर प्ले २ र होम किट उपलब्ध गराउने

एलजीले एप्पल एयर प्ले २ र होम किट उपलब्ध गराउने

काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले एप्पल एयरप्ले २ होम किट उपलब्ध गराउने घोषणा गरेको छ । जसले एलजीलाई होम किट समर्थन गर्ने पहिलो अन्तर्राष्ट्रिय टेलिभिजन निर्माता बनाएको छ। यो विशेषताहरु एलजी ओएइडी टीभीएस, नानो सेल टीभीएस र युएचडी टीभीएसमा उपलब्ध गराइएको छ।

फर्मवेयर अपडेट पछि यी विशेषताहरु २०१९ का  थिङ एआइ एलएफडीटीएफ भएका एलजी ओएलइडी टीभीएस नानो सेल टीभीएस र युएचडी टीभीएसमा उपलब्ध गराइएको छ।

एयर प्ले २ का साथ एलजी २०१९ एआइ टीभी भएकाहरुले सहजै आइफोन, आइप्याड र म्याकबाट एलजी टीभीमा जडान गरी हेर्न सक्नेछन्। उपभोक्ताले सहजै आफ्नो इच्छा अनुसारको फिल्म, टेलिसिरियललगायत  एलजी एआइ टीभीमा एप्पल एयर प्ले डाउनलोड गरी प्रसारण गर्न सक्नेछन्।

होम किट प्रयोगकर्ताले सहजै आफ्नो स्मार्ट घरलाई होम एप्पल प्रयोग गरी नियन्त्रण गर्न सकिनेछ । एलजी एआइ टीभी सहजै होम एपसँग जोड्न मिल्छ, जसले प्रयोगकर्तालाई साना टिलिभिजन कार्यहरु जस्तै खोल्ने, बन्द गर्ने, आवाज नियन्त्रण गर्ने जस्ता अनेकौ विशेषताहरु प्रदान गर्दछ।एलजी एआइ टीभीमा होम किट एसेसरिजका साथ दृश्य स्वचालित गर्न सकिन्छ।

'एलजी टीभीले सधैं आफ्नो कहिल्यै नसकिने उत्कृष्टता प्रदान गर्नुका साथै प्राविधिक नविनतामा पनि अग्रह रहेको छु,' एलजी मोबाइल कम्युनिकेसन एन्ड होम इन्टरटेनमेन्ट कम्पनीका अध्यक्ष ब्रेन नो भन्छन्,' एयर प्ले २ र होम किट  सर्पोटका साथ हामी आफ्नो उपभोक्तालाई दृश्य स्वचालित गर्न सीमाभन्दा अघि गई सधै तत्पर रहने छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.