खेतियोग्य जमिन कटान गर्दै बुढीगंगा
बाजुरा : बुढीगंगा नदिले खेतियोग्य जमिन वर्षेणी कटान गर्दै आएको छ। हरेक वर्ष नदिले बडिमालिका नगरपालिका–९ गढखेत, चौराटी खेत, सेलाघाट, रापक, पानीनाउला, तिपाडा लगायतका क्षेत्रमा खेतियोग्य जमिन कटान गर्दै आएको हो।
यस्तै बुढीगंगा नगरपालिकाका अपकोट, बन्दे, ताप्रीसेरा, सेरा, फालासेन, बार्जुगाड र त्रिवेणी नगरपालिकाको विभिन्न ठाउँका खतियोग्य जमिन बगाएर लिने गरेको बुढीगंगा–२का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिए।
‘खेतियोग्य जमिन वर्षेणी नास हुँदै छ। स्थानीय तहको बजेटले पुग्दैन’, उनले भने,‘प्रदेश र संघीय सरकारको त्यसतर्फ ध्यान पुग्न सकेको छैन।’
खेतियोग्य जमिन मात्र नभए बल्देमा घर समेत जोखिममा रहेको स्थानीय धनसिंह केसीले बताए। बाजुरामा सबै भन्दा अन्न फल्ने भूभाग भनेकै बल्दे, ताँप्रीसेरा, सेरा फालासेन भएको तर, ती क्षेत्र नै सुरक्षित नभएको स्थानीयको भनाई छ।
बडिमालिका नगरपालिका–३ को खारगाडामा गएको पहिरोले पुरै माटो ढुंगा बगाएर नदिको सतह पुरेपछि बडिमालिका नगरपालिका भूभाग बनाउँन थालेको छ।
।