विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालको राष्ट्रिय भेला सम्पन्न
काठमाडौं : विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।
काठमाडौंमा यही साता सम्पन्न भेलामा देशभरबाट एक हजार भन्दा धेरै व्यवसायीको भेला भएको थियो । भेलामा खेलकुदमन्त्री जगत विश्वकर्माले सुनचाँदी व्यवसायलाई बदलिँदो सूचना र प्रविधि अनुसार परिवर्तन गर्न सबै व्यवसायीलाई आग्रह गरेका थिए ।
भेलाको अवसरमा देशभरका विश्वकर्मा समुदायबाट सुनचाँदी ब्यापार गर्नेहरुको ‘बिज्यानट्स ग्रुप लिमिटेड’ स्थापना भएको छ । भेलामा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनार, नेपाल प्रहरीका डिएसपी डम्बरबहादुर विश्वकर्मा, दलित कर्मचारी संघका अध्यक्ष महेन्द्र विश्वकर्मा, हस्तकला कलिगढ़ संघका अध्यक्ष हरि सेञ्चुरी, विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका संयोजक अर्जुन रसाइली, दलित साहित्य प्रतिष्ठानका अध्यक्ष खगेन्द्र बराइली, मानवअधिकारकर्मी सरु सुनार लागायतले सम्बोधन गरेका थिए ।