प्रधानमन्त्री रोजगार कार्यक्रम : खर्च नहुँदा बजेट फ्रिज

प्रधानमन्त्री रोजगार कार्यक्रम : खर्च नहुँदा बजेट फ्रिज

सिन्धुली : सिन्धुलीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमसमेत फ्रिज भएको छ। बेरोजगार युवालाई कम्तीमा एक महिनाको रोजगार दिने उद्देश्यले ०७५/७६ मा पहिलो पटक जिल्लामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम फ्रिज भएको हो।

घ्याङलेख गाउँपालिकाका लागि आएको १३ लाख रुपैयाँको कुनै काम हुन नसकेको गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले बताए। गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको संयोजक नियुक्त भई नआउँदा कामै हुन नसकी रकम फ्रिज भएको उनले जानकारी दिए। ‘गाउँपालिकाका लागि उक्त कार्यक्रमको संयोजक नियुक्त गरेर नपठाउँदा कुनै पनि काम गर्न सकिएन। बेरोजगार युवाले रोजगार कार्यक्रमको अनुभूति गर्न पाएनन्,’ उनले भने।

बेरोजगारका लागि काम गरेर नुन, भुटुन खान सजिलो होस् भन्ने उद्देश्यले सरकारले बजेट पठाए पनि रोजगार संयोजक उपलब्ध नहुँदा फ्रिज भएको उनले बताए। घ्याङलेख गाउँपालिकामा मात्र दुई हजार ५ सय बेरोजगारले आवेदन दिएका थिए। जिल्लामा करिब ३ करोड ८३ लाख रुपैयाँ भने नाला सफा गरेर, झार उखेलेर र ग्राभेल बिच्छ्याएर सकिएको छ।

यस्तो रकम पनि पहुँचवाला भीआईपी बेरोजगारहरूले मात्र पाएको बेरोजगारहरूको गुनासो छ। राजनीतिक दल, स्थानीय तहका नेता र वडाध्यक्षहरूसँग पहुँच राख्नेहरू एक महिना काम गरेर पैसा लिए पनि गरिब र बेरोजगारले काम नपाएको उनीहरूले बताए। आर्थिक वर्षको अन्त्यमा लाखौं रुपैयाँ खर्च गरिए पनि एक साता आएको बाढी र भेलले सबै क्षति पुर्‍याएको स्थानीयले गुनासो गरेका छन्।

अधिकांश ठाउँमा सडक सफा गर्ने, नाला बनाउने र ग्राभेल बिच्छ्याएर प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सकाइएको छ।

जिल्लामा ३४ हजार ७ सय ४८ युवा बेरोजगार युवाले रोजगारीका लागि दुई नगरपालिकासहित ९ वटा स्थानीय तहमा आवेदन दिएका थिए। उनीहरूमध्ये पहिलो चरणमा रोजगार पाउनेहरूले कम्तीमा १५ दिनदेखि एक महिनासम्म काम पाएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम तीनपाटनमा १ सय ८० जनालाई काम दिइएको थियो। उनीहरूले सडक निर्माण र मर्मतको काम गरेका छन्। तीनपाटन गाउँपालिकामा ३७ लाख खर्च गरिएको छ।

त्यस्तै, कमलामाई नगरपालिकामा एक महिनामा ७६ लाख रुपैयाँ बजेट सकाइएको छ। नगरभित्र अधिकांश ठाउँमा सडक सफा गर्ने, नाला बनाउने र ग्राभेल बिच्छ्याउने काम गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सकाइएको हो।

मरिण गाउँपालिकामा भने कुल २७ लाख रुपैयाँमा सडक निर्माण, सिँचाइ कुलो निर्माण, सडक ग्राभेल, खानेपानी, तटबन्ध निर्माण, बगैंचा निर्माणलगायत काम गरिएको उक्त गाउँपालिकाकी रोजगार संयोजक रमा कार्कीले बताइन््। फिक्कल गाउँपालिकामा १६ लाख, हरिहरपुरगढी गाउँपालिकामा २५ लाख, दुधौली नगरपालिकामा ७१ लाख रुपैयाँ र गोलन्जोर गाउँपालिकाले २० लाख रुपैयाँ बराबरको काम भएको छ। सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहराका अनुसार गाउँपालिकाले २४ लाख रुपैयाँ बजेटको काम गरिएको छ।

तर, असार अन्तिम साता आएको बाढी र पहिरोले उक्त कार्यक्रमअन्तर्गत निर्माण गरिएका अधिकांश योजनामा क्षति पुर्‍याएको स्थानीयको गुनासो छ। सरकारले पहिलो चरणमा जिल्लाका सबै स्थानीय तहका लागि भनेर ३ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेर पठाएको थियो। चैतदेखि वैशाख अन्तिमसम्म स्थानीय तहले बेरोजगारहरूको आवेदन संकलन गरेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.