अमेरिकाले दिएन सन्दीपलाई भिसा

अमेरिकाले दिएन सन्दीपलाई भिसा

काठमाडौं : अमेरिकी दुतावासले  चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन इन्कार गरेको छ।२१ अगस्टबाट सुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागी हुन अमेरिकाका लागि तयारीमा रहेका लामिछाने भिसाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दुतावास गएका थिए।

'राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय लिगमा भाग लिइसकेको क्रिकेटरको भिसा अस्विकार गरिनुले मलाई आश्चर्य लागेको छ,' सन्दीपले ट्वीट गर्दै भनेका छन्। 

'मैले आवश्यक सम्पूर्ण कागजात बुझाएको थिएँ, तर  पनि भिसा अस्विकार गरिँदा म निःशब्द भएको छु' उनले भने, 'एउटा खेलाडीका लागि यो कठिन अवस्था हो।'

उनले आफ्नो ट्वीटमा अमेरिकी दूतावास, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र हेलो सरकारलाई मेन्सन गर्दै भिसा नपाएको बारेमा जानकारी दिएका छन्।

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019

I was smiling and i was literally speechless to see all this, having all the proper documents i got this surprise. Being a sportsperson, its gonna be a bit hard for me to go and participate in @CPL for @BIMTridents @hello_sarkar @PradeepgyawaliK @MofaNepal

— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.