सुनको मूल्यले बनायो नयाँ रेकर्ड : तोलाको ७१ हजार पुग्यो
![सुनको मूल्यले बनायो नयाँ रेकर्ड : तोलाको ७१ हजार पुग्यो](https://annapurnapost.prixacdn.net/media/albums/gold1_20190813062558_jgv0kFyZ1H.jpg)
काठमाडौं : सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ।मंगलबार सुन तोलामा ७१ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो। यो सुनको मूल्यको नयाँ रेकर्ड हो।
सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो।यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। १५ रुपैयाँले बढेर चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)