अन्‍नपूर्ण न्यूजरूममा जापानी राजदूत

अन्‍नपूर्ण न्यूजरूममा जापानी राजदूत

काठमाडौं : नेपालस्थित जापानका राजदूत मसामिची साइगो राष्ट्रिय दैनिक अन्‍नपूर्ण पोस्टको न्यूज रूमसँगको अन्तरक्रियामा सहभागी भएका छन्। अन्‍नपूर्ण मिडिया नेटवर्कको मुख्यालय तीनकुनेस्थित अन्‍नपूर्ण टावरमा राजदूत साइगोलाई अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा,अन्‍नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापा र अन्‍नपूर्ण मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मानस घिमिरेले स्वागत गरेका थिए।

राजदूत साइगो मुलुककै एउटा वृहत् र प्रतिष्ठित मिडिया हाउसमा आउन पाउँदा आफूलाई खुसी लागेको बताए । उनले जापान नेपालको नजिकको मित्र भएको उल्लेख यहाँको समृद्धिमा सहयोग गर्न पाउँदा जापान सधै खुसी हुने बताए । राजदूत साइगोले नेपालबाट प्राप्त जापानलाई प्राप्त सहयोग र सद्‍भाव लागि आभारी रहेको बताउँदै भने, हाम्रो तर्फबाट पनि सहयोगका थप क्षेत्र र संभावना विस्तार गर्ने प्रयासमा हामी छौं।'

उनले दुई देशबीचको सम्बन्धलाई अझ् सुदृढ तुल्याउन अन्‍नपूर्ण मिडिया नेटवर्कले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले नेपालले कृषि, उर्जा र प्रविधि र पूर्वाधार विकासमा जोड दिनुपर्ने सुझाव दिँदै त्यसमा जापानले सक्दो सहयोग गर्ने बताए। 

अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जापानसँग नेपालको सुमधुर सम्बन्ध रहेको बताउँदै भने, ,'जापानसँग सम्बन्धलाई अन्नपूर्ण मिडियाले विशेष सम्मान र महत्व दिदै आएको छ।'

थापाले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत सबै न्यूज मिडिया प्रडक्टहरुले नेपालप्रतिको जापानी सम्मान र सदभावलाई दुरदराजमा संप्रेषण गरेर दुई देशबीचको सम्बन्धलाई थप सुमधुर र सार्थक तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
 
अध्यक्ष क्याप्टेन थापाले नेपालको आर्थिक विकासमा जापान महत्वपूर्ण सहयोग र सद्‍भाव प्राप्त भएको उल्लेख गर्दै भने, 'सहयोग आदानप्रदानको यो शृखंलालाई अझ् व्यापक बनाउनुपर्छ।'

राजदूतसँगको अन्तरक्रिया तथा स्वागत कार्यक्रममा अन्‍नपूर्ण मिडिया नेटवर्कअन्तर्गतकाअन्‍नपूर्ण पोस्ट दैनिक, एपी वान टेलिभिजन, अन्‍नपूर्ण पोस्ट डटकम, रेडियो अन्‍नपूर्ण, अन्‍नपूर्ण एक्सप्रेसका प्रमुख तथा विभागीय प्रमुखहरुको सहभागिता थियो। 

राजदूत साइगोले अन्‍नपूर्ण टावरस्थित अन्‍नपूर्ण न्यूजरूम तथा अन्य विभागहरुको अवलोकन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.