यस कारण आकासियो सुनको भाउ
काठमाडौं : नेपाली बजारमा सुनको भाउले मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाकै ७१ हजार पुगेको छ। महासंघले सोमबार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार गरेको थियो।मंगलबार १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो। सुनको भाउ करिब एक हप्तादेखि स्थिर रहेको थियो।
सुन चाँदी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार मूल्य बढ्नुको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्ध हो।अमेरिकाले चिनियाँ वस्तुमा भन्सार वृद्धि गरेपछि चौतर्फी असर परेको महासंघको दाबी छ।
व्यवसायीका अनुसार मूल्य बढ्नाको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्धको त्रास नै हो।सुनको भाउ बढ्नुमा डलरको भाउ र तेलको मूल्यमा उतारचडाबले असर पार्ने गरेको छ।
सुन अझै बढ्न सक्ने संकेत रहेको उनको दावी छ।शाक्यका अनुसार बजारमा सुन खरिद गर्नेभन्दा पुराना गहना बिक्री गर्ने ग्राहक बढेका छन्।