कोका-कोलाको जिग्री प्याक सार्वजनिक

कोका-कोलाको जिग्री प्याक सार्वजनिक

काठमाडौं :  कोका-कोलाले २५० एमएलको जिग्री प्याक सार्वजनिक गरेको छ। नयाँ प्रविधिकको प्रयोग गरी जिग्री प्याक बजारमा ल्याएको कम्पनीको दावी छ। बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरेपछि नेपाल विश्वभरमै यस क्षमतामा तेस्रो देश भएको कम्पनीले जनाएको छ। 

जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री तथा अल्ट्रा लाइट बोटल भएको र अन्य पीइटी बोतलजस्तै यो रिसाइकल पनि हो। कोका-कोलाले हलुका, पुन:शिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतलमा पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको हो। यसको अवधि ६ महिनासम्म रहेको पनि जनाएको छ।

कोका-कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले ग्राहकका लागि कोका-कोला, स्प्राइट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्तै खुसी भएको बताए। उनले भने, 'जिग्री प्याकले नयाँ प्रविधिमार्फत् एकसाथ ग्लास बोतल र पीइटी बोतलको लाभ एउटै प्याकमा प्रदान गर्न सकिन्छ।'

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले नयाँ प्रविधिमार्फत् उपभोक्तालाई सेवा दिन पाउँदा खुसी लागेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.