नेकपाका जिल्ला सेक्रेटरी सहित ६ जना पक्राउ
टिकाराम खनाल
रुकुम पूर्व : प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ६ जनालाई नेतालाई पक्राउ गरेको छ। जिल्ला सेक्रेटरी देवीलाल पुन सहित ६ जना जिल्ला स्तरीय नेतालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
पक्राउ पर्नेहरूमा लिलाराम बुढा, मोहनलाल सार्की, हिका बुढा, कुमार बुढा भनिने रामकुमार बुढा, राजु थापा भनिने धनबहादुर विक रहेको जिल्ला प्रहरी प्रमुख खड्काले जानकारी दिए।जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका उनले बताए। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
पछिल्लो समय यस क्षेत्रमा विप्लवका गतिविधि बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको छ।