नवलपरासीमा ‘डाइभर्सन’ बनाएर बाटो खुलाइयो

नवलपरासीमा ‘डाइभर्सन’ बनाएर बाटो खुलाइयो

काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ। अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। 

साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ। ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उनले बताए। तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए। पानी पर्दा खोलामा पानीको सतह बढ्ने र निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उनले बताए।
 

भाँचिएको पुल मर्मतका लागि समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताए। पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल  पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको उनले बताए ।
 
बुधबार बिहान ना ६ ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा करिब दुई मिटर तल लच्किएकाले यातायात अवरुद्ध बनेको थियो। अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी  निरीक्षक अधिकारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.