कमलाखोंचमा सर्पको बिगबिगी

कमलाखोंचमा सर्पको बिगबिगी

सिन्धुली : वर्षा र अत्याधिक गर्मीबढेसँगै सिन्धुलीको कमलाखोंच क्षेत्रमा विषाक्त सर्पको बिगबिगी सुरु भएको छ। कमलाखोंचमा सर्पको डसाईबाट मृत्यु हुने र घाइते हुनेको संख्यामा समेत वृद्धि हुँदै गएको छ।

मंगलबार पनि विषालु सर्पले डस्दा एक बालिकाको मृत्यू भएको छ। मुत्यु हुनेमा दुधौली नगरपालिका वडा नम्बर २ चितारी टोलका डम्बरबहादुर लुङगेली मगरकी ८ वर्षीया छोरी सरस्वती लुङगेली मगर रहेकी छिन्। उनलाई सोमबार राति विषालु सर्पले डसेको थियो। सर्पले डस्ने बित्तिकै सर्पदंश उपचार केन्द्र सिर्थौली उपचारका लागि लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको दुधौली नगपालिकाका प्रवक्ता रितेश राउतले जानकारी दिए। 

गत ०७४ साल यता सर्पको डसाईबाट दुधौलीमा ७ जनाको मृत्यु भइसकेको छ। गत आर्थिक वर्ष २०७५/०७६ यता कमलाखोंचमा ९२ जनालाई विषालु सर्पले डसेको छ। 

नयाँ जातका सर्प देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको प्रवक्ता राउतले बताए। कमलाखोंच क्षेत्रमा यसअघि सामान्य सर्पका साथै करेत, हरेऊ र गौमन सर्पमात्र देखिने गरेकोमा हिजोआज कोरल, मुर्गा, पानीराज, कोब्रा र ब्लाक कोब्रा जातका अनौठा सर्प देखिन थालेको राउतको भनाई छ। 

दश वर्षअघि देखि सर्पको बिगबिगी सुरु भएको कमलाखोच क्षेत्रमा ‘भी’, ‘त्रिशुल’ छापको ब्लाक कोब्राहरु पाइन थालेको दुधौली नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक तिलकेश्वर यादव बताउँछन्। ‘यस्तो सर्पले डस्दा (विषाक्रान्त भएमा) तत्कालै उपचार नपाए घाइते बाँच्ने सम्भावना दुई प्रतिशतमात्र हुन्छ,’ उनले भने। 

कमलाखोच क्षेत्रमा सेतो ओठ र रातो पुच्छर भएको हरेउको पनि उत्तिकै बिगबिगी छ। सर्पले दिनमा भन्दा रातको समयमा घरभित्र पसेर मान्छेलाई डस्ने गरेको स्वास्थ्य शाखाका संयोजक यादवले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.