प्रदेश २ मा बिहीबार सार्वजनिक बिदा

प्रदेश २ मा बिहीबार सार्वजनिक बिदा

जनकपुर : रक्षाबन्धनको असरमा प्रदेश २ मा सरकारले सार्वजनिक बिदा दिएको छ। हिन्दूहरुको विशेष पर्व रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रक्षाबन्धनको शुभकामना दिँदै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएका हुन्। उनले विज्ञप्तिमा उल्लासका साथ रक्षाबन्धन मनाउन अनुरोधसमेत गरेका छन्। 

‘रक्षाबन्धनको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक बिदा गरेको हुँदा यस पर्वलाई हर्षोल्लासका साथ मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु’, मुख्यमन्त्री राउतले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.