उषा शेरचनको ‘आधि’

उषा शेरचनको ‘आधि’

काठमाडौं : साहित्यकार उषा शेरचनको उपन्यास ‘आधि’ मंगलबार विमोचन भएको छ । उपन्यासको विमोचन लोकसंस्कृति अन्वेषक एवं साहित्यकार चेतन कार्की, साहित्यकार पद्मावती सिंह र कुमारी लामाले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा बोल्दै चेतन कार्कीले शेरचनको साहित्यिक जीवनबारे प्रकाश पारे । साथै उषाको बहुआयामिक व्यक्तित्ववारे चर्चा गरे ।  ‘पोखराबाट मुक्तककारको रुपमा उदाएकी शेरचनले 'आधि' उपन्यासमा यौनहिसामा परेकी महिलाको कथालाई सुक्ष्म तरिकाले चित्रण गरेकी छिन् । यसका साथै नाताभित्रै हुने बलात्कारको कथा खोतलेकी छन्।’

उपन्यासको सफलताको शुभकामना दिँदै पद्मावति सिंहले शेरचनको लेखनमा पाइने प्रवृतिगत विशेषताबारे चर्चा गरेकी थिइन् । ‘जुनसुकै विधामा पनि महिलाले दिनहुँ भोग्ने सास्ती कहने शेरचनको लेखकीय गुण हो’, सिंहले भनिन्, ‘आधि उपन्यास नयाँ दिशामा अग्रसर नेपाली समाजको विम्ब हो ।’

उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक कुमारी लामाले आधिले महिलामाथि हुने यौनजन्य हिंसाको सग्लो तस्विर प्रस्तुत गरेको उल्लेख गरिन् ।  आफ्नो उपन्यासबारे बोल्दै आधि यौनहिंसामा परेकी युवतीको नयाँजीवनको कथा भएको र पाठकले आफ्नो हिसावले बुझ्न छुट भएको जानकारी दिइन् । यसका साथै उनले साहित्य सिर्जना गर्दा पैसाले किन्न नसक्ने आत्मसन्तुष्टी पाएको पनि व्यक्त गरिन् । 

शेरचनको यसअघि मुक्तक संग्रह, पाँच गीति एल्वम, कथा संग्रह प्रकाशित भैसकेका छन् । उनी करिव ५० वर्षदेखि नेपाली साहित्य लेखनमा सक्रीय छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.