‘जनैपूर्णिमामा बिदा नदिनु गलत’

‘जनैपूर्णिमामा बिदा नदिनु गलत’

काठमाडौं : हिन्दुहरूको धार्मिक तथा सांस्कृतिक पर्व श्रावणपूर्णिमा अर्थात् जनैपूर्णिमा बिहीबार देशभर बनाइँदै छ। जनै तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ। 

वैदिक सनातन धर्म मान्ने तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान गर्ने गर्छन्। २०४७ सालअघिसम्म सरकारले जनैपूर्णिमामा बिदा दिँदै आएको थियो। तर, २०४७ को परिवर्तनपछि भने कहिले सार्वजनिक बिदा दिने त कहिले बिदा नदिने गरेको छ। 

यसपटक पनि केन्द्र सरकारले बिदा दिएको छैन। प्रदेश १ र प्रदेश २ सरकारले जनैपूर्णिमाको सार्वजनिक बिदा दिएका छन्। केही स्थानीय तहले पनि पर्वको अवसरमा सर्वजनिक बिदा दिएका छन्। 

केन्द्र सरकारले बिदा नदिएको भन्दै हिन्दुधर्मावलम्बीले आपत्ति जनाएका छन्। संस्कृतिविद् डा. गोविन्द टण्डनले सरकारले हिन्दु धर्मप्रति गलत नजर राखेको बताए। सरकारको यो नीतिले सरकारप्रति नै जनताको आक्रोश प्रकट हुने बताए। ‘हिन्दु धर्मप्रति सरकारको दृष्टिकोण गलत छ। यसले जनतालाई आक्रोशित बनाउँछ’, उनले भने, ‘बिदा दिएको भए एकअर्कामा सद्भाव बढाउने थियो।’

अरू धर्मावलम्बीको पर्वमा खोजी–खोजी बिदा दिँदा हिन्दु धर्मलाई नदिएको भन्दै आपत्ति जनाए। ‘अरू धर्मको चाहिँ खोजी खोजी दिने अनि वर्षौँदेखि दिँदै आएको बिदा कटौती गर्ने’, उनले भने, ‘यो त हिन्दुधर्ममाथि नै प्रहार भएन र ?’ 

यो दिन जनै फेरिन्छ। जनैमा ६ वटा शिखा हुन्छन्। जनै मन्त्रिनुपर्छ। यसका लागि बिहानै नदी र जलाशमा गएर नुहाउने प्रचलन छ। देशभर तागाधाीले जनै पूर्णिमा मनाउने भए पनि  गण्डकी प्रदेशमा तागाधारी जनै फेर्न ससुरालीमा जनै लिएर जाने प्रचलन छ। 
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.