शान्ता चौधरी रत्न राज्यमा पढ्ने, ऐच्छिक विषय समाजशास्त्र

शान्ता चौधरी रत्न राज्यमा पढ्ने, ऐच्छिक विषय समाजशास्त्र

काठमाडौं : प्रतिनिधिसभा सदस्य तथा नेकपाका सचेतक शान्ता चौधरी रत्न राज्यलक्ष्मी विद्यालयमा भर्ना भएकी छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा २.६५ जीपीए प्राप्त गरेपछि चौधरी कक्षा ११मा भर्ना भएकी छन्। 

‘कक्षा ११ र १२ रत्न राज्यलक्ष्मी विद्यालयमा पढ्ने भएकी छु’, सांसद चौधरीले भनिन्,‘समाजशास्त्रलाई ऐच्छिक विषय बनाएर पढ्ने मेरो इच्छा छ।’ 

दाङको घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर निवासी ३८ वर्षीया सांसद चौधरीले बाल्यकालमा अरूको घरमा कमलहरी बस्दा पढ्न पाएकी थिइनन्। शान्ताले गाउँकै मावि गोग्लीमा दुई वर्षअघि कक्षा आठमा भर्ना गरेकी थिइन्। 

शान्ताले तुलसीपुर उपमहानगरपालिका १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भर्ना भएर खुलातर्फबाट एसइई परीक्षा दिएकी थिइन्।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.