भत्कियो असारे विकास

भत्कियो असारे विकास

बैतडी :डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर–डिलाशैनी–मठैराज सडकमा असारमा बनाईएको पर्खाल साउन मै भत्किएको छ। पहिरोको जोखिममा रहेका घर जोगाउन पर्खाल लगाइएको थियो।

सडक निर्माण गर्दा पहिरोको जोखिममा रहेका घर बचाउन भन्दै गाउँपालिकाले गत आर्थिक बर्षमा ६० लाख बजेट विनियोजन गरेर पर्खाल लगाउने काम गरेको थियो। ‘घर बचाउन लगाएका पर्खाल भत्केका छन्। यसले घरमा बढी क्षति हुने सम्भवना बढेको छ। पर्खाल लगाउने बेला नै कमजोर किसिमले लगाउँदा यस्तो समस्या भएको हो’ स्थानीय हरिदत्त जोशीले भने।

गाउँपालिकाको लगानि बालुवामा पानी जस्तै भएको उनको भनाई छ। ‘घर जोगाउन पर्खाल लगाइयो। पर्खालका लागि काटिएको ठाउँमा पहिरोको झन् जोखिम बढेको छ जोशीले भने।

डिलाशैनी ६ थलालगाउँका कृष्ण थलालको घर जोगाउन भन्दै लगाएको पर्खाल पनि भत्एिको छ। पहिरोको जोखिममा रहेको घर बचाउन भन्दै मेसनरी पर्खाल लगाइयो, पर्खाल लगाएको एक महिना नपुग्दै भत्किएको थलालले बताए। उनले भने ‘जोखिम कम गर्न भन्दै पर्खाल लगाइयो। पर्खाल कमसल हुँदा घर झन् पहिरोको जोखिममा परेको छ। बर्षात भईरहेकाले कतिखेर घर नै जान्छ भन्ने डर छ।’

सो योजना अन्तर्गत गोकुलेश्वर–डिलाशैनी–मठैराज सडकको विभिन्न सात ठाउँमा पर्खाल लगाउने काम असार २७ गते सम्पन्न भएको थियो। सात ठाउँमा लगाइएका पर्खाल मध्ये ५ ठाउँका पर्खाल भत्सिकेका जोशीले बताए।

उपभोक्ता समिति मार्फत लगाएको पर्खाल भत्केपछि डिलाशैनी ६ सौगाउँका ऐनसिंह बोहरा त घर छोडेर अन्यत्र पाल टाँगेर बसीरहेका छन्। सडकको ग्रेड सुधार गर्दा झन् कटान भएको बोहराले बताए। उनले भने ‘सडकका कारण उठीबास होला जस्तो छ। घर खेत सबै जोखिममा छन्।’

उपभोक्ता समितिका अध्यक्ष नरसिंह बोहराले भने ६० लाखमा सडकको ग्रेड सुधार र मेसनरी पर्खाल लगाएको बताए। उनले भने ‘कमजोर जमीन भएका कारण जमीन धसेर पर्खालहरु भत्किएका हुन्। तीनओटा पर्खाल भत्केको मलाई पनि जानकारी आएको छ। यो हाम्रो कमजोरी भन्दा पनि जमीन त्यस्तै भएर हो।’

पर्खाल निर्माण गर्दा पनि स्थानीयहरु जमीन दिन नखोज्दा झन समस्या भएको उनले आरोप लगाएका छन्। तर स्थानीयहरुले भने पर्खाल निर्माणमा अनियमितता भएको आरोप लगाएका छन्। ‘मेसीनरी वाल लगाइएको हो। एक महिना नपुग्दै सबै पर्खाल भत्सिकेका छन्। यसैबाट प्रष्ट हुन्छ कि काम गतिलो भएको छैन भनेर’ स्थानीय हरिदत्त जोशीले भने।

विकास निर्माणका कामहरुमा उपभोक्ता समितिहरुले राम्रो तरीकाले काम नगर्दा जिल्लाभरी नै समस्या रहेको नागरिक समाजका सचिव कर्ण दयालले बताए। उनले भने ‘उपभोक्ता समिति मार्फत भएका कामहरुलाई पनि निगरानी गर्नुपर्छ। कुनै न कुनै कानुनी दायरामा ल्याउने खालको नियम बनाउनुपर्छ। यसो गरिएन् भने उपभोक्ता समिति मार्फत हुने कामहरु पनि गुणस्तरीय हुन सक्तैनन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.