ग्यालेक्सी नोट १० बजारमा आउँदै

ग्यालेक्सी नोट १० बजारमा आउँदै

काठमाडौं : सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट १० बजारमा ल्याउने भएको छ । यसको प्रि–बुकिङ्ग अगस्ट महिनाको १२ देखि २३ तारिखसम्म खुल्ला गरिएको हो । 

 
“ग्यालेक्सी नोटले बेस्ट–अफ–द–बेस्ट प्रविधि एंवम् सुविधाहरूका साथ प्रस्तुत गर्नु पर्दछ भन्ने मान्यताका साथ अगाडि बढ्दै आएको थियो । ग्यालेक्सी नोट १० यसै मान्यतालाई आत्मसाथ गर्दै स्मार्ट फोनका नयाँ पारखीहरु माझ उनीहरुको प्रोडक्टीभिटी एवं क्रिएटिभिटिलाई सहजै माथिल्लो तहसम्म पुर्‍याउन मद्दत गर्ने विश्वास लिएको छ।' सामसङ नेपालका मोबाइल विजिनेश हेड प्रणय रत्न स्थापितले बताए । 

ग्यालेक्सी नोट १० का सबै भागहरु विशेष तरिकाबाट निर्माण गरिएको उनले बताए ।यसमा भिडियो एडिटिङ्गको सुविधा पनि रहेको उनले जानकारी दिए ।  ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङको अहिलेसम्मकै उत्कृष्ट रहेको छ ।
 
यसमा भएको एडभान्स इमेजिङ्ग प्रविधि र सफ्टवेरहरुले भिडियो ग्राफि र फोटो ग्राफिलाई नयाँ तहमा पुर्‍याउन मद्दत गर्दछ । 
 
ग्राहकले ग्यालेक्सी नोट १० तथा ग्यालेक्सी नोट १०+  फोन रु ५००० को डिपोजिट गरी प्रि बुकिङ्ग गर्न सक्नेछन् ।  ग्यालेक्सी नोट १० को मूल्य रु. १,१६,००० तथा ग्यालेक्सी नोट १०+ रु. १,३५,००० तोकिएको छ । 

यो विभिन्न आकर्षक रंगहरुमा उपलब्ध छ । प्रि बुकिङ गर्ने ग्राहकहरुको लागि विशेष सुविधाको व्यवस्था पनि गरिएको छ । निशुल्क ग्यालेक्सी बड्स, १२ हजारमा ग्यालेक्सी एक्टिभ वाच र १२ हजारमा २४ इन्चको 'कर्भ्ड मनिटर'मध्ये कुनै एक छनौट गरी प्राप्त गर्न सक्नेछन् । यसबाहेक पनि विभिन्न उपहारहरुको व्यवस्था छ ।

प्रि बुकिङ गर्नेहरुलाई गिफ्टको पनि व्यवस्था गरिएको छ । प्रयोगकर्ताहरूलाई उनीहरूले चाहेको तरिकाले काम गर्न र उनीहरूको सृजनात्मकता प्रदर्शन गर्न यसले सहयोग गर्ने सामसङले दावी गरेको छ ।

यसको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव प्रदान गर्ने तथा मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रि भएको उनीहरुले बताएका छन् । प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा सहयोग गर्ने पनि उनीहरुले बताए ।  

यसमा प्रयोग भएको नयाँ प्रविधि, सुधारिएको क्षमता र शक्तिशाली समायोजन आदिले प्रयोगकर्तालाई स्वतन्त्रता प्रदान गरी उनीहरुका हरेक कार्यलाई उत्पादक बनाउने स्वतन्त्रता प्रदान गर्ने सामसङले जानकारी दियो ।

ग्यालेक्सी नोट १० ले इकोसिस्टमलाई केन्द्रमा राखेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.