किन लगाए मुख्यमन्त्री शाहीले ३ सय ८१ स्याउको माला?
कालिकोट : बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितका अतिथिहरुलाई ३ सय ८१ स्याउको माला लगाएर स्वागत गरिएको छ। पचालझरनाको फेदमा आयोजना गरिएको विशेष गाँउसभामा पचालझरना गाँउपालिकाले प्रमूख अतिथिका रुपमा आएका मुख्यमन्त्री शाही र अन्य अतिथिहरुलाई ३ सय ८१ स्याउको माला लगाइदिएको हो।
पचालझरनाको उचाइ ३ सय ८१ मिटर रहेको संकेत दिनलाई सोही संख्या बराबर स्याउको माला लगाइएको थियो। पचालझरना नेपालकै अग्लो झरना भनी पर्यटन बोर्डमा सुचिकृतका साथै औपचारकि रुपमा घोषणा गर्न दावाव दिने उद्देश्यले गाँउसभामा आएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सांसद कुर्मराज शाही, जिल्ला समन्वय समिति प्रमूख अनिपाल शाही, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी सहितका अतिथिहरुलाई ३ सय ८१ दाना स्लाउको माला गलाएर स्वागत गरिएको कार्यक्रममा जानकारी दिइयो।
उनले गाँउसभामा स्वागत मन्तव्य दिँदै पचालझरना एसियाकै अग्लो झर्ना भएको दावी गरिन्। उनले भनिन्, 'पचालझरना हाम्रो गौरव हो। अझ त एसियाकै अग्लो झरना हो भन्ने हाम्रो दावी छ। यसलाई सम्बन्धित निकायबाट तत्काल वैधानिकता दिनका लागि ध्यनाकर्षण गराउछौँ।'
पचालझरना गाँउपालिकाका अध्यक्ष खड्गराज सेजुवालले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लाफा गाडदेखि खाद्रुको गाँउसम्म केबुलकार, खाद्रुको गाँउदेखि पचालझरनासम्म स्टिल रेलिंङ सहितको पदमार्ग लगायतका १४ बुंदे मागहरु सहित ज्ञापनपत्र बुझाएका थिए।