बढीमालिकाबाट फर्किए तीर्थालु

बढीमालिकाबाट फर्किए तीर्थालु

कालिकोट : मध्य तथा सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल बढीमालिका माइको दर्शन गर्न एक हप्ता अगाडी गएका तीर्थालु फर्किएका छन्। हरेक वर्ष साउन जनै पूर्णिमाको अधिल्लो दिन अर्थात् साउन २९ गते लाग्ने धार्मिक मेला पवित्र धाम त्रिवेणीमा स्नान गरी बढीमालीका माइको दर्शन तथा पूजापाठ गरेर तीर्थालु घर फर्किएका हुन्। 

वृद्ध बुवासहित कालिकोटको रास्कोटबाट बढीमालिका गएका हंशराज न्यौपानेले माइको दर्शन गरी शुक्रबार घर फर्किएको बताए। उनले निकै रोचक र उत्साहका साथ भव्य जात्रामा सहभागी भई मनको भाका राखी मन्दिरबाट तिलक र प्रसाद लिएर घर फर्किएको बताए।उनले भने, 'बढीमालिका जाने बाटो निकै कठिन भएपनि यात्रा रमाइलो हुँदा पीडा र थकाइको महसुस भएन।'

धुमधामका साथ बढीमालीका माइको दर्शन गर्न कालिकोट, जुल्ला, मुगु, हुम्ला, बाजुरा, अछाम डोटी डडेलधुरा, बझाङ, कैलाली, दार्चुला, कञ्चरपुर, सुर्खेतलगायत देशका विभिन्न ठाउँबाट तीर्थालु दर्शन गर्न आउने गरेका छन्। त्यहाँ आउने दशौं हजार भक्तजनले दर्शन गर्न पूर्व त्रिवेणी धामको पवित्र जलमा स्नान गरी पाप पखाल्ने र एक बास त्रिवेणीमै बसेर शुद्ध मन लिएर जाने प्रचलन छ। 

बढीमालीका माइको दर्शन गर्नाले मनले मागेको कुरा पूरा हुने र जीवनको हरेक पाइलामा साथ पाइने धार्मिक विश्वास रहेका कारण हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने गर्छ।

बढीमालीमा १ सय ४० भन्दा बढी जातका फूल, सयौं जातका जडिबुटी, ७० भन्दा बढी प्रकारका चरा, घोडा भेडाका लागि चरनका लागि उपयुक्त स्थान, २२ वटा घाँसे मैदान, तीनवटा नदीको संगम रहेको पवित्र धाम त्रिवेणी र दर्जनौं देशका जिल्लालाई नियाल्न सकिने अग्ला अग्ला हिमश्रृखंलाले मनै लोभ्याउने प्रमुख विषेशता छन्।

चुलिमालीका, पुगमालीका, देउरा मालीका, माहावै, गरुलग्नानीजस्ता विभिन्न धार्मिक स्थानमा हजारौं भक्तजनले माइको दर्शन तथा पाठपूजा गरे। यो अवधिभर तीर्थालुले चोखो तेलमा पाकेका खानेकुरा खाई यात्रा अवधिभर आधा दिन ब्रत बस्ने र भगवतीकै ध्यान गर्ने गर्दछन्।यसो गर्दा दुःखीलाई सुख, निसन्तानलाई सन्तान, गरिबलाई धन प्राप्त हुने विश्वास छ।

पर्यटकीय महत्वको गहना बढीमालीका क्षेत्रको विकासका लागि सरकारीपक्षबाट भने कुनै पहल भएको छैन। बढीमालिका लगायत अन्य धार्मिक मन्दिरमा सुख र खुसी प्राप्तिका लागि भन्दै दर्शनार्थीले सुना चाँदी र अन्य बहुमूल्य गरगहना चढाउने गर्दछन्।तर ती सामान सरकारी ढुकुटीमा भने गएको देखिदैन।

बढीमालिकामा कालिकोट, बाजुरालगायतका जिल्लाबाट भेडा, बाख्रा, घोडालगायतका चौपाया चरणका लागि ल्याउने र जडिबुटि पनि संकलन गर्छन्।कालिकोट जिल्लाका मुम्रा, मेहलमुडि, स्युना, सिपखाना, फुकोट, नानिकोटलगायतका गाविसबाट पशुचौपाया वैशाख महिनामा त्रिवेणी पाटनमा ल्याउने र साउन पूर्णिमा पूजा नहुन्जेलसम्म पाटनमै चराउने गर्दछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.