स्याङ्जामा गाईजात्रा सुरु

स्याङ्जामा गाईजात्रा सुरु

स्याङ्जा : भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा शुक्रबारदेखि स्याङजामा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। जनै पूर्णिमाको भोलीपल्टदेखि दैनिकरुपमा एक/एक नामका नाच प्रर्दशन गरिन्छन्। पहिलो दिन शुक्रकार मृतक परिवारका सदस्यले गाईको पुच्छर समाउँदै नगरपरिक्रमा गर्छन्।

नेवारी समुदायमा वर्षभरीमा मृत्यु भएका आफन्तको सम्झनामा गाई, मानिस, डोकालाई गाईका रूपमा सिँगारी आ-आफ्ना गाउँ÷ठाउँमा समूहसहित परिक्रमा गराइन्छ।

सांस्कृतिक उत्सवका रुपमा मनाइँदै आएको गाइजात्रामा गाईको पुच्छर समाउँदै परिक्रमा गरिन्छ। यसो गर्नाले मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

आठ दिनसम्म मनाइने यस पर्वमा व्यंग्यात्मक प्रदर्शन, रोपाईं नाँच, पुतली नाँच, बाघ शिकार, लाखे नाँचलगायत रामायणसारमा गीत तथा नाट्य प्रर्दशन समेत गरिने गाईजात्रा नाँच संयोजक एवं नेखा खल स्याङजाका युगनारायण श्रेष्ठले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.