तस्बिरमा बसन्तपुरको गाईजात्रा रौनक
काठमाडौं : परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि सुरु भएको छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन यो पर्व मनाइने गरिन्छ। एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईजात्रा मनाउने प्रचलन छ। यस दिनमा आफन्त गुमाएका परिवारले गाईको प्रतिमूर्तिलाई नगरपरिक्रमा गराउने चलन छ।
यसै क्रममा काठमाडौंको बसन्तपुरमा पनि गाईजात्रा मनाइएको छ। वर्षदिनभर दिवंगत भएकाका आफन्तहरु बसन्तुपुरमा जम्मा भएका थिए। त्यहाँ विभिन्न पहिरनमा सजिएका बालबालिकालाई परिक्रमा गराइएको थियो। आज काठमाडौं उपत्यकामा गाईजात्राको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।