नेकपा स्कुल विभागमा ईश्वर पोखरेल, उपाध्यक्षमा वामदेव

नेकपा स्कुल विभागमा ईश्वर पोखरेल,  उपाध्यक्षमा वामदेव

काठमाडौं :  लामो समयको विवादपछि नेकपा सचिवालय बैठकले विभिन्न ३३ विभागको नेतृत्व टुंगो लगाएको छ।  विवादित बनेको स्कुल विभागको नेतृत्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पाएका छन्। 

नेकपा स्कुल विभागमा सचिवालय सदस्य पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दाबी गरेका थिए। 

विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठान विभाग झलनाथ खनाल, संगठन विभागमा वामदेव गौतम र प्रचारप्रसार विभागमा नारायणकाजी श्रेष्ठले पाएका छन्। संगठन विभाग पाएका वामदेवले उपाध्यक्षाको समेत  जिम्मेवारी पाएका छन्। सचिवालय बैठकले वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा जाने नेकपा स्रोतले जनाएको छ। 

तीन दिनदेखि लगातार सर्दै आएको नेकपा सचिवालयको बैठक शुक्रबार बिहान ११ बजेपछि बसेको थियो। बिहीबारको बैठक  अन्तिम समयमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएको थियो। 

साउन १८ गते उपचारका लागि भन्दै प्रधानमन्त्री ओली सिंगापुर गएका थिए। त्यहाँ पनि पूर्वनिर्धारितभन्दा तीन दिन बढी बसेर फर्किए। 

साउन १३ पछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन। प्रधानमन्त्री सिंगापुर भ्रमणबाट फर्किएपछि पटकपटक बैठक स्थगित भएको थियो। यसअघि साउन २८ र २९ गते बोलाइएको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.