नेकपामा जिम्मेवारी बाँडफाँट : गौतम उपाध्यक्ष, पोखरेललाई स्कुल विभाग (सूचीसहित)

नेकपामा जिम्मेवारी बाँडफाँट : गौतम उपाध्यक्ष, पोखरेललाई स्कुल विभाग (सूचीसहित)

काठमाडौं  : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ३२ वटा विभागको जिम्मेवारी टुंगो लगाएको छ। लामो समयको रस्साकस्सीपछि बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले जिम्मेवारी टुंगो लगाएको हो।

सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ भने उपाध्यक्षका लागि स्थायी समिति बैठकमा प्रस्ताव गर्ने निर्णय भएको छ। प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्।नेताहरूको कार्यविभाजन गर्न शुक्रबार बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले  गौतमलाई केन्द्रीय उपाध्यक्षमा प्रस्ताव गरेका थिए । पार्टीमा पाँचौं वरीयताका गौतमलाई संगठन विभाग र किसान महासंघ विभागको प्रमुख बनाइएको हो ।

पार्टी एकताको झन्डै १४ महिनापछि शुक्रबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको हो । नेकपाले ३२ विभागको प्रमुख र उपप्रमुखको नाम तय गरेको हो । कार्यविभाजनसँगै गौतमलाई उपाध्यक्षको प्रस्ताव गरिएको छ । पार्टीको विधानमा भने उपाध्यक्ष पद छैन । स्थायी समितिको आगामी बैठकबाट निर्णय गराएर गौतमलाई उपाध्यक्ष बनाउने सहमति जुटेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए । पार्टी एकताका क्रममा अध्यक्षद्वय र महासचिवको पद सिर्जना गरिएको थियो ।  

सचिवालय बैठकले वरिष्ठ नेता माधव नेपाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेपाललाई रुचिअनुसार उक्त विभागको जिम्मेवारी दिइएको नेताहरू बताउँछन् । अर्का वरिष्ठ नेता झलनाथ खनालले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् । मन्त्रीहरूलाई सम्बन्धित मन्त्रालयकै जिम्मेवारी दिइएको छ ।
कसलाई कुन विभाग ?  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.