विप्लवका चार नेताले गरे आत्मसमर्पण

विप्लवका चार नेताले गरे आत्मसमर्पण

टिकाराम खनाल

रुकुम : विप्लव नेतृत्वको नेकपाका चार नेताले आत्मसर्पण गरेका छन्। शुक्रबार रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरुले आत्मसमर्पण गरेका हुन्।

आत्मसमर्पण गर्नेमा रोल्पाको थवाङ गाउँपालिका-१ घर भइ हाल भूमे गाउँपालिका-२ बस्दै आएका २५ वर्षीय बालकुमार बुढा मगर,भूमे गाउँपालिका ६, का २४ वर्षीय महेश सुनार, ३० वर्षीय बटकुमार बुढा मगर र १९ वर्षीय विनोद छिनाल रहेका छन्। उनीहरु चन्द समूहका सक्रिय र भूमिगत कार्यकर्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयसँगको सम्पर्क मार्फत उनीहरुले जिल्ला प्रशासन कार्यालयमा आत्मसपर्मण गरेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। यस अघि साउन २८ गते प्रहरीले जिल्ला सेक्रेटरी देवीलाल पुनसहित ६ जनालाई पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.