राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना चढेको हेलिकप्टर आकस्मिक अवतरण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना चढेको हेलिकप्टर आकस्मिक अवतरण

टिकाराम खनाल

रुकुम
: राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको प्रभु कम्पनीको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ। बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण रुकुम पूर्वको भूमे गाउँपालिका–६, मा रहेको बाल जनजागरण आधारभूत विद्यालय रिसालचौरमा आकस्मिक अवतरण गरिएको हो।

शुक्रबार बिहान बागलुङको ढोरपाटनमा ढोरपाटन महोत्सव उद्घाटन गर्न आएका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना दिउँसो पोखरा फर्कन थालेका थिए। उड्दै गरेको हेलिकप्टर खराव मौसमका कारण दिउँसो करिब साढे १ बजे रिसालचौर विद्यालयको प्राङ्गणमा अवतरण गरेको प्रहरीले जानकारी दिएको छ। 

हेलिकप्टरमा गण्डकी प्रदेशका भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेत, बागलुङ ढोरपाटन नगरपालिकाका प्रमुखलगायत पाँच जना रहेको प्रहरीले जनाएको छ। उनीहरुको सुरक्षाको लागि प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योकेन्द्रकुमार खड्काले बताए। मौसममा सुधार आउन बित्तिकै पोखराको लागि हेलिकप्टर उड्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.