मुगुमा गाईजात्रा
मुगु : गाईजात्रा शुक्रबारदेखि मुगुको सदरमुकाम गमगढीमा पनि सुरु भएको छ।
जनैपूर्णिमाको भोलिपल्टबाट नेवारी समुदायले वर्षभरीमा मृत्यु भएका आफन्तको सम्झनामा हरेक वर्ष मनाउदै आएको यो पर्व मुगुको सदरमुकाम गमगढीमा पनी हरेक केही वर्ष यता यसै समयमा गाइजात्रा सुरु हुँदै आएको छ।
केही वर्षयताबाट मनोरञ्जनका लागि भन्दै यही समयमै गाईजात्रा तथा कृष्णजन्म अष्टमी मुल समारोह समितिले मनाउदै आएको जात्रा यो पटक रारानगरपालिका–२ निवासी राज्यलक्ष्मी शाहीको मृत्युको सम्झनामा शुक्रबार पहिलो दिन मृतकको घरबाट जात्रा सुरु गरिएको थियो।
शाहीको घरबाट सुरु गरिएको जात्रा गमगढी बजार परिक्रमगरी कृष्णा मन्दिरमा पुराई पहिलो दिनको जात्रा सकिएको हो।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी मनाइने गाईजात्रा कृष्णा अष्टमीमा सकिन्छ। पहिलो दिन मृतको सम्झनामा मृतकको घरबाट सुरु गरिएको यो जात्रा आठ दिनसम्म लाखेनाच, रोपाईनाच, बाग भालु नाच, मिस्सि,बास्सा, स्थानीय देउडा र महाभारतमा कृष्ण कंशको युद्ध प्रदर्शनसहित जात्रा कृष्ण अष्टमीका दिन सकिने कृष्ण जात्रा आयोजक समितिका संयोजक सिंहबहादुर मल्लले जानकारी दिए।