सहकारीको ६ करोड कुम्ल्याएर भाग्ने पक्राउ

सहकारीको ६ करोड कुम्ल्याएर भाग्ने पक्राउ

धरान : धरानमा सहकारी खोलेर ठगि गर्ने तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सर्बसाधारणले सहकारीमा जम्मा गरेको ६ करोड भन्दा बढि रकम कुम्ल्याएर फरार भएका बाबु छोरासहित तीनजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिकाको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर विक, सहकारीका प्रबन्धक रहेका उनका छोरा मोहन दर्नाल विक र लेखापाल रहेकी साली कमलादेवि विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् । सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा सर्बसाधारणहरुले जम्मा गरेको ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैयाँ रकम गठी गरि फरार रहेको उजुरीका आधारमा तीनैजनालाई पक्राउ गरिएको उनले बताएका छन् ।

सहकारीका अध्यक्ष विकले छोरा र सालीसंगको मिलेमतोमा सर्बसाधारणले जम्मा गरेको रकम कुम्ल्याएर धरान छाडेका थिए । अध्यक्ष विकले धरान १५ मा रहेको घर समेत बिक्रि गरी सहकारीमा जम्मा गरिएको ठुलो रकम हिनामिना गरी फरार भई रुपन्दैहीको बुटवलमा गई डेरा गरी बस्दै आएका थिए ।

पिडितहरुले अध्यक्ष, प्रबन्धक र लेखापाल तीनैजनाले सहकारी बन्द गरी ६ करोड भन्दा बढि रकम हिनामिना गरेको उजुरी दिएपश्चात प्रहरीले उनीहरुको खोजी गरी पक्राउ गरेको हो । सहकारीमा जम्मा गरेको रकम ठगि गरि संचालक नै फरार भएपश्चात पिडित सिर्जना देवान लगायत ८५ जनाले इलाका प्रहरी कार्यालय धरानमा तीनैजना विरुद्ध ठगी मुद्धा दर्ता गरेका थिए ।

पिडितहरुको जाहेरी दर्ता गरी विकको खोजीमा सक्रिय रहेको प्रहरीले अध्यक्ष विकलाई बुटवल, छोरा मोहनलाई धरान र साली कमलालाई पिडितहरु आफैलै पक्राउ गरि प्रहरीलाई बुझाएका थिए । धरान १० का पिडित नरेश शाहीले ठगिएको सबै सेवाग्राहीहरुको रकम फिर्ता दिलाई दिन माग गरेका छन् । उनले दुःख गरि कमाएको रकम ८ लाख सहकारीमा जम्मा गरेको बताए ।

धरान १५ का अमर इजमले विकले सहकारीमा राखेको ११ लाख ७० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् । धरान ४ का दिपक राईले पनि सहकारीमा राखेको आफ्नो ४ लाख रुपैयाँ विक सहितका सहकारीका पदाधिकारीहरुले गगि गरी सहकारी बन्द गराएको बताए । विकबाट ठगिएका सबै पिडितहरुले आफ्नो रकम पिर्ता गराई दिन माग गरेका छन् ।

प्रहरीले विकको साथबाट १४ तोला सुन र २४ ताृला चादी मात्र बरामत गरिेको छ । सहकारीबाट ठगि गरिएको रकम तथा विकको अन्य सम्पत्तीको श्रोतको खोजी सुरु गरिएको डिएसपी न्यौपानले बताएका छन् । पक्राउ परेका तीनै जना विरुद्ध गगि ऐन अन्र्तगत मुद्धा दर्ता गरि कार्वाहि प्रकृया अगाडी बढाईसकिएको उनले जानकारी दिएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.